Kathmandu Press

वर्षा बाधक बन्दा नेपाल र भारतबीचको खेल रद्द

समान एक÷एक अंक बाँडेका छन्। अंक बाँडेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना अझै जीवित नै छ। 
वर्षा बाधक बन्दा नेपाल र भारतबीचको खेल रद्द

काठमाडाैं, जेठ ३२ : एसिसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कप अन्तर्गत आज हुने भनिएको नेपाल र भारत ‘ए’ बीचको खेलमा वर्षाका कारण रद्द भएको छ।  

समान एक÷एक अंक बाँडेका छन्। अंक बाँडेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना अझै जीवित नै छ। 

थाइल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिता जनाउने अवसर प्राप्त गरेको हो।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा हङकङ, भारत र पाकिस्तान छन्। त्यस्तै समूह ‘बी’ मा मलेसिया, युएई, बङ्गलादेश र श्रीलङ्का छन्।

नेपालले दुई खेलपछि एक अङ्क जोडेको छ। यसअघि भएको पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’ सँग ९ रनले पराजित भएको थियो। नेपालले समूहको अन्तिम खेल आगामी असार २ गते हङकङसँग खेल्नेछ। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा स्थान बनाउनेछन्।

प्रकाशित मिति: १६:३६ बजे, बिहीबार, जेठ ३२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्