Kathmandu Press

दिल्लीमा दूतावास परिसरभित्रै पाँच वर्षीया बालिका बलात्कृत

काठमाडौं, माघ २४ : भारतको राजधानी दिल्लीमा रहेको अमेरिकी दूतावास परिसरभित्रै पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २५ वर्षीय युवक पक्राउ परेका ....

दिल्लीमा दूतावास परिसरभित्रै पाँच वर्षीया बालिका बलात्कृत

काठमाडौं, माघ २४ : भारतको राजधानी दिल्लीमा रहेको अमेरिकी दूतावास परिसरभित्रै पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २५ वर्षीय युवक पक्राउ परेका छन् ।

बालिकाका आमाबुवाले गएको आइतबार दिएको उजुरीका आधारमा प्रहरीले उनलाइ पक्राउ गरेको हो । उजुरीपछि आरोपित युवकलाई पक्राउ गरिएको प्रहरीले समाचार एजेन्सी ‘प्रेस्ट ट्रस्ट अफ् इण्डिया’ सँग भन्यो । शनिबार बिहान बलात्कारको शिकार भएकी बालिकाको अवस्था स्थिर छ । चिकित्सकले पनि ती बालिका बलात्कृत भएको बताएका छन् । ती बालिकाको परिवारमा दूतावासको ग्राउण्ड फ्लोर (भुइँ तला) मा बस्दै आएका थिए ।

ती बालिकाका पिता दूतावासको हेरचाह गर्ने सदस्यका रुपमा कार्यरत छन् । पक्राउ परेका युवक ड्राइभर हुन् तर उनी दूतावासका कर्मचारी भने नभएको बताइएको छ । आरोपित युवकका पिता दूतावासमा काम गर्ने हुँदा उनी परिवारसँगै दूतावासको स्टाफ क्वार्टरमा बस्दै आएका थिए ।

सन् २०१२ मा दिल्लीमा बसभित्र एक छात्राको सामूहिक बलात्कारपछि हत्याको घटना र गएको नोभेम्बरमा दक्षिणी शहर हैदराबादमा एक जना पशु चिकित्सकको सामूहिक बलात्कार र हत्याको घटनाले विश्वमा नै चर्चा लिनुका साथै निकै विरोध प्रदर्शन पनि भएको थियो ।  

प्रकाशित मिति: ०७:०९ बजे, शुक्रबार, माघ २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्