बदलिँदो मौसममा रोग प्रतिरोधात्मक क्षमता बढाउने सात खाना
चिसो र खोकी बारम्बार लागे मौसम बदलिँदैछ भन्ने थाहा हुन्छ। यस्तो बेला चिसो लाग्ने र फ्लुको लक्षण देखिन्छ। शरीरलाई शिथिल बनाउनुका साथै चिडचिडोपन पनि उत्तिकै ल्याउँछ।
....
चिसो र खोकी बारम्बार लागे मौसम बदलिँदैछ भन्ने थाहा हुन्छ। यस्तो बेला चिसो लाग्ने र फ्लुको लक्षण देखिन्छ। शरीरलाई शिथिल बनाउनुका साथै चिडचिडोपन पनि उत्तिकै ल्याउँछ।
तापक्रममा हुने परिवर्तनका कारण शरीरले नयाँ मौसम अनुसार आफूलाई अभ्यस्त बनाउनुपर्छ। मौसम परिवर्तन भइरहेको बेला रोग प्रतिरोधात्मक क्षमता बढाउँदै बिरामी हुनबाट बचाउने खानेकुराबारे जान्नुहोस् र आफूलाई चिसो र फ्लुबाट जोगाउनुहोस्।
१. साइट्रसजन्य फलफूल
दिन लामो हुँदैछ। बजार गएर सुन्तला किन्ने समय यही हो। किन थाहा छ? साइट्रसजन्य फलफूलमा भिटामिन सी हुन्छ। यसले रोग प्रतिरोधात्मक क्षमता मात्रै नभएर सेतो रक्तकोषिकाको उत्पादन पनि बढाउँछ। वर्षको यो समयमा ग्रेपफ्रुट खाए रोगबाट लाग्नबाट बच्न सकिन्छ।
२. ब्रोकोली
ब्रोकोली भिटामिन र खनिजको खानी हो। यसमा भिटामिन ए, सी र इका साथै फाइबर र एन्टिअक्सिडेन्ट पनि हुन्छ। पौष्टिक पदार्थलाई खेर जान नदिने भएकाले ब्रोकोली उसिनेर खानु उत्तम उपाय हो।
३. अदुवा
अदुवाले जलन, घाँटी दुख्नेलगायतका समस्या घटाउँछ। अदुवा भएको चिया मन पर्दैन भने डेजर्टमा पनि प्रयोग गर्न मिल्छ। अदुवाले खानामा क्याप्साइसिन जिन्जरोल दिन्छ जसले शरीरको तापक्रम बढाउँछ।
४. पालुङ्गो
पालुङ्गोमा थुप्रै एन्टिअक्सिडेन्ट र बिटा क्यारोटिन हुन्छ जसले रोग प्रतिरोधात्मक प्रणालीको संक्रमणसँग लड्ने क्षमता बढाउँछ। पालुङ्गोलाई सकेसम्म कम पकाएर खानु उपयुक्त हुन्छ।
५. बेसार
बेसार हेरक भान्छामा हुन्छ। बेसारलाई ओस्टियोआर्थराइटिस र बाथरोथमा जलन कम गर्नलाई प्रयोग गरिन्छ। मनतातो दुधमा एक चिम्टी बेसार लगाएर खाए रोग प्रतिरोधात्मक क्षमता बढ्छ।
६. कुखुराको मासु
कुखुराको सुपले चिसोसँग लड्न सहयोग गर्दछ। कुखुराको मासुमा भिटामिन बि ६ हुन्छ। यसले नयाँ र स्वस्थ रातो रक्तकोषिका निर्माणमा सहयोग पुर्यााउँछ।
७. ग्रिन टी
ग्रिन टीले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
त्यसैले स्वस्थ खानुहोस्, स्वस्थ रहनुहोस्।












