Kathmandu Press

फाइभ नेसन्स बास्केटबलमा नेपाल भुटासँग पराजित

माल्दिभ्समा भइरहेको फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा नेपाली टिम बुधबार भएको खेलमा नेपाली टिम भुटानसँग ६१–५५ले पराजित भयो।
फाइभ नेसन्स बास्केटबलमा नेपाल भुटासँग पराजित

काठमाडाैं, जेठ ३१ : ४ वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेको नेपाली पुरुष बास्केटबल टिम पहिलो खेलमै पराजित भएको छ। माल्दिभ्समा भइरहेको फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा नेपाली टिम बुधबार भुटानसँग पराजित भयो।

बुधबार भएको खेलमा नेपाली टिम भुटानसँग ६१–५५ले पराजित भयो।

नेपाली टिम १३औं सागपछि पहिलो पटक भुटातविरुद्ध मैदान उत्रिएको हो। भुटानले नेपालविरुद्ध पहिलो क्वाटरमा २१–१३ को अग्रता बनाएको थियो। त्यसपछि दुई क्वाटर नेपालले झिनो अन्तरले जितेको थियो ।

नेपालले दोस्रो क्वाटर १६–१५ र तेस्रो क्वाटर १३–१२को  झिनो अन्तरले जितेको थियो। लगातार दुई क्वाटर जिते पनि नेपाल ६ अंकले पछि परेको थियो।

तर चौथो तथा निर्णायक क्वाटरमा नेपाल र भुटानले समान १३ अंक जोडेपछि नेपाल ६१–५५ ले पराजित भयो। नेपालका लागि पहिलो क्वाटरमा प्राप्त ८ अंकको फराकिलो अन्तरले गुमाउनु नै हारको कारण बन्यो।

नेपालले दोस्रो खेल बिहीबार पाकिस्तानसँग खेल्नेछ।

प्रकाशित मिति: १९:२० बजे, बुधबार, जेठ ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्