Kathmandu Press

सरकारले तीन सय श्ययाको अस्पताल बनाउने

काठमाडौं, माघ २३ : सरकारले तीन सय श्ययाको अस्पताल निर्माण गर्ने भएको छ। 

सरुवा रोगको नियन्त्रणका लागि सरकारले तीन सय श्ययाको छुट्ट....

सरकारले तीन सय श्ययाको अस्पताल बनाउने
फाइल

काठमाडौं, माघ २३ : सरकारले तीन सय श्ययाको अस्पताल निर्माण गर्ने भएको छ। 

सरुवा रोगको नियन्त्रणका लागि सरकारले तीन सय श्ययाको छुट्टै अस्पताल बनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारप्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए। 

माघ २० गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले संघीय सरकारको मातहत रहने गरी ३०० श्ययाको राष्ट्रिय सरुवा रोग अस्पताल निर्माण गर्न सैद्धान्तिक सहमति दिएको जानकारी दिए। नेपालमा सरुवा रोगको प्रकोप फैलिएमा उपचार गर्ने छुट्टै अस्पताल छैन। 

सरकारले तत्कालका लागि टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमार्फत गम्भीर प्रकारका सङ्क्रामक रोगको उपचार गर्दै आएको छ। टेकु अस्पताल जम्मा ६० श्ययाको छ। 

प्रकाशित मिति: १९:४४ बजे, बिहीबार, माघ २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्