Kathmandu Press

संविधान संशोधन गर्न सरकार र नेकपा तयार छ: प्रचण्ड

लहान, माघ २३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सरकार र आफ्नो पार्टी....

संविधान संशोधन गर्न सरकार र नेकपा तयार छ: प्रचण्ड

लहान, माघ २३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सरकार र आफ्नो पार्टी तयार रहेको बताएका छन्।

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकास्थित महेशबारीमा बिहीबारदेखि शुरु भएको झण्डा मेला महोत्स २०७६ को उद्घाटन गर्दै उनले भने,“मधेसी, जनजाति उपेक्षित समुदायको अधिकार सुनिश्चित गर्ने बाटो खुला रहेकाले संविधानमा आवश्यक संशोधन र परिमार्जन गर्न सरकार र आफ्नो पार्टी तयार रहेको छ।”

प्रचण्डले विगतका संविधानमा राजनीतिक मुद्दा र जनताको अधिकारका मुद्दालाई बेला–बेलामा अपरिवर्तनीय भन्दिने र बन्ध्याकरण गर्ने प्रावधानहरु हुने गरेपनि अहिलेको संविधानमा देशको सार्वभौमसत्ता, राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डताबाहेक सबै विषयहरु जनताको चाहना र आकाङ्क्षाअनुरुप परिवर्तन गर्न सकिने र संशोधन गर्न सकिने विषयका रुपमा राखिएको बताए।

उनले तराई–मधेस होस् वा हिमाल–पहाड होस् सबै जनताको आकांक्षानुरुप संविधानलाई परिमार्जन गर्दै जाने लोकतान्त्रिक प्रावधान संविधानमा राखिएकाले यसलाई परिवर्तन गर्न सकिने बताए।

प्रचण्डले तराई–मधेश र हिमाल–पहाडका ऐतिहासिक, सांस्कृतिक कुरा बुझेर देशलाई एकताको सूत्रमा बाँध्नका लागि आफूले पुलको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। रासस
 

प्रकाशित मिति: १९:३१ बजे, बिहीबार, माघ २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्