जम्मू–कस्मिरमा फेरि भिडन्त, मेजरसहित पाँचको मृत्यु
काठमाडौं, फागुन ६ : भारतको जम्मू–कस्मिरमा फेरि भिडन्त भएको छ । आज बिहान भएको भिडन्तमा मेजरसहिच पाँच जना मारिएका छन् । जसमा चार सैनिक र एकजना रहे....
काठमाडौं, फागुन ६ : भारतको जम्मू–कस्मिरमा फेरि भिडन्त भएको छ । आज बिहान भएको भिडन्तमा मेजरसहिच पाँच जना मारिएका छन् । जसमा चार सैनिक र एकजना रहेकाे जनाएकाे छ ।
भारतीय मिडियाका अनुसार, जैस–ए–मोहम्मद नामक संगठनका लडाकुसँग भारतीय सेनाको भिडिन्त भएको हो । केही दिन अघि पुलवामा क्षेत्रमै ४० जना भारतीय सैनिक मारिएका थिए ।
सोही क्षेत्रमा जैस–ए–मोहम्मदका लडाकु रहेको सूचना पाएपछि भारतीय सैनिकको टोली सर्चमा गएको थियो । सर्चमा गएको सैनिक टोलीले विद्रोही लडाकुले घेरेको जनाएको छ । गत चार दिनमा यो क्षेत्रमा ४५ जना मारिएका छन् । आज बिहान भएको डिभन्तमा एक जना सर्वसाधारण पनि मारिएको जनाएको छ ।
चार दिन अघि आत्मघाती कारबम आक्रमण भएको पुलवामा क्षेत्रभन्दा १० किलोमिटर टाढा पिंग्लेनामा आज भिडन्त भएको हो । भिडन्तमा ५५ राष्ट्रिय राइफल्सका चार जवान मारिएका हुन् । मारिनेमा मेजर बीएस धौलियाल, हवल्दार शिवराम, सिपाही अजय कुमार र हरि सिंह रहेको जनाएको छ ।
यहि क्षेत्रमा चार दिन अघि ४० सैनिक मारिएका थिए । त्यस्तै, शनिबार सेनाका मेजर चित्रेश बिष्ट मारिएका थिए । उनी बम निष्क्रिय गर्ने बेला मारिएका थिए । आज फेरि मेजरसहित चार सैनिक र एक सर्वसाधारण मारिएका हुन् ।
यो क्षेत्रमा अझै पनि भिडन्त जारी रिहेको जनाएको छ । भारतीय सैनिकको टोली सर्चमा खटिएको छ । बिद्रोही जैश–ए–मोहम्मदको टोली पनि सोही क्षेत्रमा रहेको भारतीय मिडियाले जनाएको छ ।






