Kathmandu Press

शेयर बजारमा आज पनि विक्रेताको चाप

काठमाडौं, माघ २३ : नेप्से परिसूचक ८ दशमलव ६७ अर्थात ० दशमलव ६५ प्रतिशतले घटेर १३३३ दशमलव ६९ को विन्दुमा बन्द भएको छ। 

बिहीबार जीवन....

शेयर बजारमा आज पनि विक्रेताको चाप

काठमाडौं, माघ २३ : नेप्से परिसूचक ८ दशमलव ६७ अर्थात ० दशमलव ६५ प्रतिशतले घटेर १३३३ दशमलव ६९ को विन्दुमा बन्द भएको छ। 

बिहीबार जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसूचकबाहेक अरु सबै उपसूचकमा गिरावट रहेको छ। सर्वाधिक गिरावट हुनेमा निर्जीवन बीमा र होटल समूह रहेका छन्। बीमा र होटल समूहमा क्रमशः १ दशमलव ४५ र १ दशमलव २७ प्रतिशतको गिरावट रहेको छ। बैंकिङ्ग समूह भने ० दशमलव ७४ प्रतिशतले घटेको छ। 

१३४१ दशमलव २३ को विन्दुमा खुलेको दोस्रो बजार १३४६ दशमलव ६१ को उच्च विन्दुसम्म पुगेको थियो। बजारको न्यून विन्दु १३३१ दशमलव ०३ रहँदा १ अर्ब ४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। 

Hardik ivf

बजारको अवस्था  

सर्वाधिक कारोबार हुने 

सबैभन्दा धेरै गुराँस लाइफ इन्स्योरेन्सको शेयर किनबेच भएको छ। गुराँस लाइफ इन्स्योरेन्सको ४ करोड ५८ लाख बराबरको शेयर किनबेच भएको छ। 

सर्वाधिक कमाउने र गुमाउने 
ग्रीन डेभलपमेण्ट बैंक र समृद्धि फाइनान्सका शेयरधनीले सर्वाधिक १० प्रतिशतले कमाए भने नेपाल फाइनान्सका शेयरधनीले सर्वाधिक ९ दशमलव ५५ प्रतिशतले गुमाए।

 

छोटो समयावधिको प्राविधिक विश्लेषण 

अघिल्लो दिनको विश्लेषणको निष्कर्ष अनुसार यदि बजार १३३३ भन्दा तल स्थिर रहेमा बजार अझ केकही सच्चिन सक्ने देखिन्छ भनिएको थियो। आज कारोबार समयको दुई बजेदेखि बजार १३३३ भन्दा तल रहेको र हाल यो टेवा सामान्य प्रतिरोधको रुपमा परिणत भएको छ। आज नेप्से परिसूचक १३३३ दशमलव ६९ मा बन्द भएको छ।

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १ मा दैनिक मैनबत्ती विश्लेषण अनुसार बजारले १३५५ मा प्रतिरोध सामना गरी बजारमा केही सच्चिएको छ। आजको मैनबत्तीले बजारमा विक्रेताको चाप रहेको संकेत गरेको छ। परिमाण सामान्य रहेको छ। 

चित्र नं. २ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं. २ मा, दुई दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो दिन प्रवृत्तिहीन रहेको बजार आज घट्दो प्रवृत्तिमा रहेको छ। 

२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले “डेड क्रस” बनाएर बजार घट्दो प्रवृत्तिमा रहेको देखिन्छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ४० दशमलव ०२ अंकमा रहेको छ। कारोबारको अन्तिम समयमा आरएसआई र स्टोकास्टिक अक्सिलेटरले बजार सकारात्मक हुन सक्ने संकेत गरे पनि बजारको प्रवृत्तिले समर्थन गरेको देखिँदैन।

निष्कर्ष : छोटो समयावधिको बजारको प्रवृत्ति र सूचकले बजार घट्दो प्रवृत्तिमा रखेको देखाएको छ। त्यसैले सूचकको सकारात्मक संकेत पर्खनु पर्ने देखिएकाले हाल ‘पर्ख र हेर’ को रणनीति अपनाउन उपयुक्त देखिन्छ। हाल बजारको सामान्य प्रतिरोध ११३३ मा रहेको छ भने तत्कालीन टेवा १३२५ को क्षेत्रमा रहेको देखिन्छ। 
 

प्रकाशित मिति: १७:५२ बजे, बिहीबार, माघ २३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्