सावित्राले युरोपमा व्यवसायिक फुटबल खेल्ने
सावित्रालाई इजरायली क्लब हापोएल रानानाले अनुबन्धन गरेको छ। रानानाले सामाजिक सञ्जालफर्मात सवित्रा क्लबमा आबद्ध भएको जनाएको छ।
काठमाडाैं, जेठ ३० : गोल मेसिनको परिचय बनाएकी नेपाली राष्ट्रिय टिमकी स्टार स्ट्राइकर सावित्रा भण्डारीले फुटबलमा छलाङ मारेकी छिन्।
दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकरको छवि बनाएक सावित्राले युरोपमा व्यसायिक फुटबल खेल्ने भएकी छिन्। सावित्रा इजरायली क्लबमा आबद्ध भएकी छिन्।
सावित्रालाई इजरायली क्लब हापोएल रानानाले अनुबन्धन गरेको छ। रानानाले सामाजिक सञ्जालफर्मात सवित्रा क्लबमा आबद्ध भएको जनाएको छ।
योसँगै सावित्रा युरोपमा व्यवसायिक फुटबल खेल्ने पहिलो नेपाली खेलाडी बनेकी छिन्। पछिल्लो समय उनी भारतको आई लिग खेलिरहेकी छिन्। गोलमुल केरलालाई च्याम्पियन बनाउने क्रममा सावित्राले एकै सिजन २९ गोल गरेकी थिइन्।
युरोपमा व्यसायिक फुटबल खेल्ने अवसर पाएपछि सावित्राले आफ्नो सपना साकार भएको प्रतिक्रिया दिएकी छिन्। उनले आफूले पाएको यो अवसर नेपाली महिला फुटबलकै लागि खुसीको कुरा र ठूलो उपलब्धि भएको बताएकी छिन्।











