Kathmandu Press

ललिता निवास प्रकरणमा सरकारले भेदभाव गरेको छैनः बाँस्कोटा

काठमाडौं, माघ २३ : सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ललिता निवास प्रकरणमा सरकारले कसैलाई भेदभाव नगरेको बताएका छन्....

ललिता निवास प्रकरणमा सरकारले भेदभाव गरेको छैनः बाँस्कोटा

काठमाडौं, माघ २३ : सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ललिता निवास प्रकरणमा सरकारले कसैलाई भेदभाव नगरेको बताएका छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना उपभापति विजयकुमार गच्छदारलाई मुद्दा दायर गरेको तर तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, जग्गा खरिद गरेका विष्णु पौडेलहरुलाई उन्मुक्ति दिएर राजनीतिक प्रतिशोध साँधेको भन्दै आपत्ति जनाइरहेको छ। तर, बाँस्कोटाले भने १७५ जानालाई भ्रष्टाचार निवारण ऐन अन्तर्गत अदालतमा मुद्दा दायर गरिएको र भेदभाव नभएको बताए।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बाँस्कोटाले नेकपा महासचिव विष्णु पौडेलका छोराको नाम जोडिएको तर जग्गा किन्ने उनी कति औं नम्बरका हुन् भन्ने नखुलेको आशय व्यक्त गरे। उनले प्रमाणित भएको कुरा भोग्न जो कोही तयार रहनुपर्ने बताए।

‘विजयी गच्छदारमाथिको कारवाही पूर्वाग्राही। विष्णु पौडेलको छोराको नाम जोडिएको छ। कति नम्बरमा छ ? प्रक्रिया सुरु भयो अब अदालतले जे फैसला गर्छ, त्यो नै अन्तिम हुनेछ। पूर्वाग्रहको कुरा छैन। सबैले प्रमाण व्यहोर्नुपर्छ,’ उनले भने।

प्रकाशित मिति: १६:२१ बजे, बिहीबार, माघ २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्