बालुवाटार प्रकरण : नेपाल, भट्टराई र पौडलेलाई पनि कारबारी गर्न तरूण दलको माग
काठमाडौं, माघ २३ : नेपाल तरुण दलले बालुवाटार जग्गा प्रकरणमा कांग्रेस उपसभापति विजयकुमार गच्छदाराई राजनीतिक प्रतिशोध साँधिएको भन्दै आपत्ति जनाएको छ।
काठमाडौं, माघ २३ : नेपाल तरुण दलले बालुवाटार जग्गा प्रकरणमा कांग्रेस उपसभापति विजयकुमार गच्छदाराई राजनीतिक प्रतिशोध साँधिएको भन्दै आपत्ति जनाएको छ।
गच्छदारलाई बदनियतपूर्वक भष्टाचारको आरोप लगाइएको र तत्कालिन प्रधानमन्त्री, मुख्य सचिवलाई भने उन्मुक्ति दिइएको भन्दै तरुण दलले आपत्ति जनाएको हो। बिहीबार तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले जारी गरेको विज्ञप्तिमा तत्कालीन प्रधानमन्त्रीलाई पनि कारबाही गर्न माग गरेका छन्।
‘कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई राजनीतिक प्रतिशोध राखि वदनियतपूर्वक लगाईको भष्टाचारको आरोपप्रति नेपाल तरुण दलको ध्यान आकृष्ट भएको छ,’ तरुण दलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तत्कालीन सरकारका प्रमुख नेकपाका वरिष्ठ नेता माधवकुरमा नेपाल, डा.बाबुराम भट्टराई र तत्कालीन सरकारका मुख्य सचिव लिलामणि पौडेललाई कम्युनिष्टको छहारीभित्र राखि कांग्रेस भएकै कारण असम्बन्धित मन्त्रालयका तत्कालीन मन्त्री गच्छदारलाई कम्युनिष्ट अधिनायकवाद उन्मुख दुर्गन्धीत ओली सरकारको निर्देशन र योजनामा अख्तियारले लगाएको आरोप खेदपूर्ण छ।’
तरुण दलले नेकपा महासविच विष्णु पौडेललगायतलाई उन्मुक्ति र संरक्षण गरिएकोमा समेत आपत्ति जनाएको छ। ‘कम्युनिष्ट र भ्रष्ट मतियारहरु नेकपाका महासचिव विष्णु पौडेललगायतलाई उन्मुक्ति र संरक्षण गरी राजनीतिक पूर्वाग्रह र व्यक्तिगत रिसइबी राखी अख्तियारले गरेको दुषित निर्णय तुरुन्त सच्याउन र उक्त प्रकरणमा सरकारको नेतृत्व गरेका नेपाल, भट्टराई, मुख्य सचिव पौडेल र नेकपा महासचिव विष्णु पौडेललगायतलाई कानूनको कठघरामा उम्भयाउन माग गर्दछौं।’
बालुवाटारको जग्गा खरिदमा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।











