बौद्ध भावना केन्द्रको भवन निर्माणका लागि महानगरले दियो तीन करोड
काठमाडौं, माघ २३ : काठमाडौं महानगरपालिकाले अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रको धम्महल भवन निर्माणका लागि सहयोग गरेको छ।
महानगरले बिहीबार क....

काठमाडौं, माघ २३ : काठमाडौं महानगरपालिकाले अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रको धम्महल भवन निर्माणका लागि सहयोग गरेको छ।
महानगरले बिहीबार केन्द्रको धम्महल भवन निर्माणका लागि तीन करोड एक लाख ६९ हजार दुई सय रुपैयाँ सहयोग गरेको हो। मेयर विद्यासुन्दर शाक्यले चेक केन्द्रका अध्यक्ष प्रतिकरत्न ताम्राकारलाई हस्तान्तरण गरेका छन्।
काठमाडौं–१० शंखमुलमा सात रोपनी ६ आना तीन पैसा क्षेत्रफलमा फैलिएको केन्द्रलाई चेक हस्तान्तरपछि सम्बोधन गर्दै मेयर शाक्यले बुद्धको देश भनेर विश्वभर चिनाउन अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रले योगदान गरेको बताए। उनले महानगरको तर्फबाट सहयोग गर्न पाउँदा खुशी लागेको बताए।
यस अघि पनि अखिल नेपाल भिक्षु महासंघद्वारा सञ्चालित नेपाल बौद्ध परियत्ति शिक्षाका लागि पाठ्यसामग्री छपाई, दिक्षान्त समारोह, नैतिक आचरण शिक्षाका लागि २३ लाख ६५ हजार सहयोग गरेको थियो। त्यस्तै, लुम्बिनीमा निर्माण भैरहेको नेपाल बज्रयानी महाविहारलाई पनि महानगरले सहयोग गर्ने उनले बताए।











