Kathmandu Press

चीनबाट उद्धार गरेका नागरिकलाई काठमाडौं र भक्तपुरका चार स्थानमा राखिने

काठमाडौं, माघ २३ : कोरोना भाइरस फैलिएपछि चीनबाट नेपालीलाई उद्धार गर्ने तयारी थालिएको छ। चीनबाट उद्धार गरिएका नेपालीलाई चार स्थानमा राखिने भएको छ।

....
चीनबाट उद्धार गरेका नागरिकलाई काठमाडौं र भक्तपुरका चार स्थानमा राखिने

काठमाडौं, माघ २३ : कोरोना भाइरस फैलिएपछि चीनबाट नेपालीलाई उद्धार गर्ने तयारी थालिएको छ। चीनबाट उद्धार गरिएका नेपालीलाई चार स्थानमा राखिने भएको छ।

उनीहरूलाई काठमाडौं र भक्तपुरका चार स्थान राख्ने तयारी गरिएको हो। बिहीबार बालुवाटारमा सम्बद्ध मन्त्रालयका मन्त्री तथा कर्मचारीहरुको बैठकमा प्रधानमन्त्री ओलीले उद्धार गरेर सुरक्षित स्थानमा राख्ने व्यवस्था गर्न निर्देशन दिएका छन्।

यसका लागि शिवपुरी, इचंगुनारायण, सूर्यविनायक र खरिपाटीमा राख्ने तयारी गरिएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार कोरोना भाइरसको संक्रमणको खतरालाई मध्यनजर गरी नागरिकको स्वास्थ्य र सुरक्षाका निम्ति समग्र तयारीमा जुट्न सम्वद्ध मन्त्रालय र निकायहरूलाई प्रधानमन्त्रीले निर्देशन दिएका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, पर्यटनमन्त्री योगेश भट्टराईलगायत उच्च अधिकारीहरु सहभागी थिए।

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद विडारीले अत्यावश्यक कार्ययोजना प्रस्तुत गरेका थिए भने परराष्ट्र सचिव शंकरदास वैरागीले पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए।

 

प्रकाशित मिति: १४:२० बजे, बिहीबार, माघ २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्