गच्छदारलाई मुद्दा लगाएकाे विरोधमा कांग्रेसद्वारा संसद अवरुद्ध
काठमाडौं, माघ २३ : प्रमुख प्रतिपक्षी दल नेपालीले कांग्रेस बिहीबारको प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ।
कांग्रेस उपसभापति तथा संसदीय दलका न....

काठमाडौं, माघ २३ : प्रमुख प्रतिपक्षी दल नेपालीले कांग्रेस बिहीबारको प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ।
कांग्रेस उपसभापति तथा संसदीय दलका नेता विजयकुमार गच्छदारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको विरोधमा प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको हो।
अख्तियारले बुधबार बालुवाटार जग्गा प्रकरणमा गच्छदारसहित १७५ जनामाथि विषेश अदालतमा मुद्दा दायर गरेको थियो।
कांग्रेसले राजनीतिक प्रतिशोध साँधेरे गच्छदारमाथि मुद्दा दायर गरिएको आरोप लगाएको छ। कांग्रेस सचेतक पुष्पा भुसालले गच्छदारमाथि मुद्दा दायर गरिएको विषय प्रति आपत्ति जनाइन्।
संसदीय व्यवस्थामा प्रधानमन्त्रीको अनुमतिबिना मन्त्रिपरिषदले निर्णय गर्न नसक्ने भन्दै भुसालले गच्छारमाथि सरकारले अख्तियार प्रयोग गरेर प्रतिशोध साँधेको आरोप लगाइन्। ‘समावेशी लोकतन्त्रमा सबैलाई समान दृष्टीकोणले हेरिनुपर्ने हो। तर, वालुवाटर जग्गा प्रकरणमा कसैलाई काखा कसैलाई पाखा गर्ने काम भएको छ,’ भुषालले भनिन्, ‘बदनियतपूर्ण ढंगबाबाट प्रतिसोध साँध्न मिल्छ? फरक विचार भएकै आधारमा गच्छदारज्यूलाई फसाइयो। कसैले जग्गा फिर्ता गरेको भन्दै छुट दिइयो। यस्तो कुरा कांग्रेसले स्विकार गर्दैन।’
भुसालले सरकारले संवैधानिक अंगलाई आफ्नो नियन्त्रणमा राखेर अधिनायकवादी चरित्र देखाउन थालेको बताइन्। त्यसको उदाहरण अख्तियार र बालुवाटर जग्गा प्रकरण भएको उनको भनाइ थियो।
‘सरकारले अख्तियारलाई आफ्नो छाँयामा राख्ने प्रयास गरेको छ, सरकारको यो रवैयालाई स्वीकार गरिँदैन। पूर्वप्रधानमन्त्री, मुख्य सचिव र जग्गा खरिद गरेकालाई छोड्ने र फरक विचार राख्नेहरुलाई छानीछानी मुद्दा हाल्ने?’ उनले प्रश्न गरिन्।
कांग्रेसको विरोधपछि संसद् बैठक स्थगित भएको छ। अर्को बैठक शुक्रबार दिउसो १ बजे बस्नेछ।










![किसानलाई धान भित्र्याउने चटारो [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_d3411e92-1793172977.jpg)
