Kathmandu Press

साउथ एसियन चेस च्याम्पियनसिप मंगलबारबाट

महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ललितपुर गोदावरीस्थित भ्यु भृकुटीमा असार ४ गतेसम्म च्याम्पियनसिप आयोजना हुने जानकारी गराएको हो।
साउथ एसियन चेस च्याम्पियनसिप मंगलबारबाट

काठमाडाैं, जेठ २९ : नेपाल बुद्धिचाल महासंघको आयोजनामा दोस्रो साउथ एसियन चेस च्याम्पियनसिप मंगलबारबाट सुरु हुने भएको छ।

महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ललितपुर गोदावरीस्थित भ्यु भृकुटीमा असार ४ गतेसम्म च्याम्पियनसिप आयोजना हुने जानकारी गराएको हो।

च्याम्पियनसिपमा नेपाल,भारत,माल्दिभ्स, बंगलादेश, भुटान, पाकिस्तान र श्रीलंकाको सहभागिता रहनेछ। च्याम्पियनसिपमा हरेक देशबाट एक एक जना महिला र पुरुष खेलाडी, डिफेन्डिङ च्याम्पियन गरि १०–१० जना खेलाडीको सहभागिता जनाउनेछन्।

राउण्ड रोबिन प्रणालीमा आयोजना हुने च्याम्पियनसिपमा नेपालबाट फिडेमास्टर रुपेश जयसवाल, सुरबीर लामा, महिला फिडेमास्टर सुजना लोहनी, सुशिला गुरुङले सहभागिता जनाउने महासंघका अध्यक्ष विदुरप्रसाद गौतमले जानकारी दिए।

च्याम्पियनसिप सम्पनन गर्न करिब ४० लाख रुपैया खर्च हुने अनुमान गरेको उनले बताए। प्रतियोगिताको पुरुष विजेताले १ लाख ५० हजार, दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउने छन् भने महिलातर्फ विजेताले १ लाख, दोस्रोले ६० हजार र तेस्रोले ४० हजार पाउनेछन्।

प्रकाशित मिति: १६:१५ बजे, सोमबार, जेठ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्