Kathmandu Press

बालुवाटार प्रकरणमा बाबुराम भट्टराईको प्रश्न, ‘मन्त्री दोषी तर प्रम निर्दोष?’

काठमाठौं, माघ २३ : बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेपछि पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले पनि प्रतिक्....

बालुवाटार प्रकरणमा बाबुराम भट्टराईको प्रश्न, ‘मन्त्री दोषी तर प्रम निर्दोष?’

काठमाठौं, माघ २३ : बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेपछि पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले पनि प्रतिक्रिया जनाएका छन्।

उनले बिहीबार ट्वीट गर्दै दोषीलाई उन्मुक्ति दिने र निर्दोषलाई फसाउने काम गर्न नहुने बताएका छन्। उनले अख्तियारले त्रुटी गरेको जनाएका छन्। ‘देशमा व्याप्त भ्रष्टाचाररूपी क्यान्सरको एउटा अंश ललितानिवास प्रकरणमा अदुनिआको प्रयत्न स्वागतयोग्य छ। तर, प्रथमदृष्टिया यसमा कतिपय त्रुटि र अपूर्णता देखिन्छ,’ डा.भट्टराईले भनेका छन्।

उनले केहीलाई जोगाउने काम भएको जिकिर गरेका छन्। ‘हाम्रा ऐनकानून र राज्यसंयन्त्र परिणाममुखी भन्दा प्रक्रियामुखी बढी भएकाले यस्तो हुनसक्छ,’ डा.भट्टराईले भनेका छन्, ‘मन्त्री दोषी तर प्रम निर्दोष देखिँदा मैले पनि असहजता महसूस गरेको छु! सुर–असूर द्वन्द्वबाट निस्केको कालकुट विष पिएर शिवजी निलकण्ठ बने झैं देशलाई आवश्यक पर्छ भने म पनि ‘निलकण्ठ’ बन्न तयार छु! तर दोषीलाई छोड्ने, निर्दोषलाई फसाउने नहोस्! वा जानीजानी दुष्कर्म गर्नेले सत्ताको छहारी पाउने तर परिबन्दले अघि देखिने चैं फस्ने नहोस्!’

 

प्रकाशित मिति: १३:४७ बजे, बिहीबार, माघ २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्