Kathmandu Press

कोरोना भाइरसबाट ५६३ को मृत्यु, २८ हजारभन्दा बढी संक्रमित

काठमाडौँ, माघ २३ : चीनमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या पाँच सय ६३ पुगेको छ।

चिनियाँ अधिकारीहरुका अनुसार हुवेई प्रान्तभित्....

कोरोना भाइरसबाट ५६३ को मृत्यु, २८ हजारभन्दा बढी संक्रमित

काठमाडौँ, माघ २३ : चीनमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या पाँच सय ६३ पुगेको छ।

चिनियाँ अधिकारीहरुका अनुसार हुवेई प्रान्तभित्र बिहीबारमात्रै २४ घन्टाको अन्तरालमा ७३ जनाले ज्यान गुमाएका छन्। यो हालसम्मकै तेस्रो पटक छोटो अवधिकम बढी मानिसको ज्यान गुमेको रेकर्ड रहेको चिनियाँ अधिकारीले बताएका छन्।

बुधबार मध्यरातिसम्म २८ हजार १८ जना कोरोना भाइसर संक्रमण भएको पुष्टि भएको थियो। यो २४ घन्टाको अन्तरालमा संक्रमित व्यक्तिको संख्या क्रमसः बढिरहेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।

चीनकोबाहेक अन्य देशमा पनि भाइरसको संक्रमण बढ्दो छ। कम्तिमा दुई सय ३० जना संक्रमित भेटिएको जनाएको छ।

त्यस्तै, चीन बाहिर पनि दुई जनाको मृत्यु भएको छ। जसमध्ये एक जनाले हङकङ र एक जनाले फिलिपिन्समा गुमाइका थिए।

 

प्रकाशित मिति: १३:३३ बजे, बिहीबार, माघ २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्