Kathmandu Press

प्रदेश प्रमुख मल्ल बिरामी, रातिनै काठमाडौं लगियो

धनगढी, फागुन ६ : छातीमा गम्भीर समस्या देखिएपछि सुदूरपश्चिमका प्रदेश प्रमुख मोहनराज मल्ललाई राति नै काठमाडौं लगिएको छ । धनगढीमा उपचार हुन नसकेपछि उनलाई....

प्रदेश प्रमुख मल्ल बिरामी, रातिनै काठमाडौं लगियो

धनगढी, फागुन ६ : छातीमा गम्भीर समस्या देखिएपछि सुदूरपश्चिमका प्रदेश प्रमुख मोहनराज मल्ललाई राति नै काठमाडौं लगिएको छ । धनगढीमा उपचार हुन नसकेपछि उनलाई नाइटभिजन हेलिकप्टरबाट काठमाडौं लगिएको हो ।

सुदूरपश्चिमका प्रदेश प्रमुख मल्ललाई आईतबार धनगढीस्थित निसर्ग अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालका अनुसार, उनको छातीमा समस्या देखिएको थियो भने रोग प्रतिरोधात्मक क्षमता पनि न्यून रहेको थियो । ७१ वर्षीय मल्लको छातीमा संक्रमण भएको जनाएको छ ।

धनगढीमा उपचार सम्भव नभएपछि आईतबार राति १२ बजे नै काठमाडौं लगिएको हो । उनको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालका उपचार भइरहेको छ ।

प्रदेश प्रमुख मल्लका प्रेस सहयोगी गजेन्द्रराज ओझाका अनुसार, उनको स्वास्थ्यमा सुधार भइरहेको छ ।

प्रकाशित मिति: ११:२२ बजे, सोमबार, फागुन ६, २०७५