Kathmandu Press

फिलिपिन्स जान लागेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीकाे बिदाइ

आइतबार एन्फा कम्प्लेक्समा अखिल नेपाल फुटबल संघ (एन्फा)का एन्फाका अध्यक्ष पंकज बिक्रम नेम्बाङ लगाएत पदाधिकारीहरुले राष्ट्रिय पुरुष फुटबल टोलीलाई विदाइ गरेका हुन्।
फिलिपिन्स जान लागेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीकाे बिदाइ

काठमाडाैं, जेठ २८ : मैत्रीपूर्ण खेलका लागि फिलिपिन्स जान लागेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीलाई बिदाइ गरिएको छ।

आइतबार एन्फा कम्प्लेक्समा अखिल नेपाल फुटबल संघ (एन्फा)का एन्फाका अध्यक्ष पंकज बिक्रम नेम्बाङ लगाएत पदाधिकारीहरुले राष्ट्रिय पुरुष फुटबल टोलीलाई विदाइ गरेका हुन्।

साफ च्याम्पियनसिपको तयारी स्वरूप मैत्रीपूर्ण खेलका लागि नेपाली टोली फिलिपिन्स जान लागेका हुन्। नेपालले बिहीबार फिलिपिन्ससँग एक मैत्रीपूर्ण खेल खेल्नेछ।

बिदाइ कार्यक्रममा राष्ट्रिय फुटबल टोलीका किरण चेम्जोङले साफ च्याम्पियनसिपमा सवै टोली कडा प्रतिष्पर्धी रहेपनि नेपाली टोलीको तयारी राम्रो भएको बताए। उनले चुनौती भए पनि उत्कृष्ट नतिजा निकाल्ने विश्वास रहेको बताए। त्यस्तै उनले राज्यले खेलाडीहरुलाई उचित व्यवस्था गर्न नसक्दा राम्रा खेलाडीहरु विदेशीन बाध्य भएको धारणा राखे। 

त्यस्तै मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले प्रशिक्षका क्रममा खेलाडीहरुले राम्रो गरेकाले नतिजा पनि राम्रै आउने बताए।

भारतमा आयोजना हुने १४ औं संस्करणको साफ च्याम्पियनसिप असार ६ देखि १८ गतेसम्म हुनेछ। बेंगलुरुमा हुने च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले २३  सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेका छन्।

साफमा नेपाल समूह ’ए’ मा रहेको छ । नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेको छ। यस संस्करणको च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन्। साफको उद्घाटन खेलमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुनेछ।

 

प्रकाशित मिति: १८:१२ बजे, आइतबार, जेठ २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्