Kathmandu Press

एमाले सुदूरपश्चिमकाे प्रमुख सचेतकमा पाल र सचेतकमा साउद

आज (आइतबार) बसेको संसदीय दलको बैठकले प्रमुख सचेतकमा सुरेन्द्र पाल र सचेतकमा निर्मलादेवी साउदलाई चयन गरेको हो।
एमाले सुदूरपश्चिमकाे प्रमुख सचेतकमा पाल र सचेतकमा साउद

धनगढी, जेठ २८ : एमाले सुदूरपश्चिम संसदीय दलको बैठकले प्रमुख सचेतक र सचेतक चयन गरेको छ।

आज (आइतबार) बसेको संसदीय दलको बैठकले प्रमुख सचेतकमा सुरेन्द्र पाल र सचेतकमा निर्मलादेवी साउदलाई चयन गरेको हो।

बैतडी जिल्ला कमिटी अध्यक्षसमेत रहेका पाल गत मंसिर ४ मा भएको निर्वाचनमा बैतडी (क) बाट निर्वाचित भएका हुन्।

साउद डोटीबाट समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्यमा चयन भएकी हुन्।

प्रकाशित मिति: १४:५२ बजे, आइतबार, जेठ २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्