Kathmandu Press

कलंकीमा ट्रिपरको ठक्करबाट २ जनाको मृत्यु

काठमाडौं, माघ २३ : कलंकी चोकमा रहेको अन्डरपासमा ट्रिपरको ठक्करबाट २ जनाको ज्यान गएको छ ।

कलंकीको अन्डरपासमा नम्बर नखुलेको ट्रिपरले प्रदेश २ ....

कलंकीमा ट्रिपरको ठक्करबाट २ जनाको मृत्यु

काठमाडौं, माघ २३ : कलंकी चोकमा रहेको अन्डरपासमा ट्रिपरको ठक्करबाट २ जनाको ज्यान गएको छ ।

कलंकीको अन्डरपासमा नम्बर नखुलेको ट्रिपरले प्रदेश २ ०३००४ प ५५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको ज्यान गएको महानगरिय ट्राफिक माहशाखाले जनाएको छ। टिप्परको ठक्करबाट रौतहटको कटहरिया गाउँपालिका ४ का १९ वर्षीय राकेशकुमार चौधरी र कटहरिया ७ का २४ वर्षीय मुन्ना चौधरीको मृत्यु भएको महानगरिय ट्राफिक  प्रहरीले जनाएको छ ।

ट्र्रिपरको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ज्यान गएको हो। मोटरसाईकललाई ठक्कर दिएर फरार ट्रिपर र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ०९:११ बजे, बिहीबार, माघ २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्