कलंकीमा ट्रिपरको ठक्करबाट २ जनाको मृत्यु
काठमाडौं, माघ २३ : कलंकी चोकमा रहेको अन्डरपासमा ट्रिपरको ठक्करबाट २ जनाको ज्यान गएको छ ।
कलंकीको अन्डरपासमा नम्बर नखुलेको ट्रिपरले प्रदेश २ ....

काठमाडौं, माघ २३ : कलंकी चोकमा रहेको अन्डरपासमा ट्रिपरको ठक्करबाट २ जनाको ज्यान गएको छ ।
कलंकीको अन्डरपासमा नम्बर नखुलेको ट्रिपरले प्रदेश २ ०३००४ प ५५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको ज्यान गएको महानगरिय ट्राफिक माहशाखाले जनाएको छ। टिप्परको ठक्करबाट रौतहटको कटहरिया गाउँपालिका ४ का १९ वर्षीय राकेशकुमार चौधरी र कटहरिया ७ का २४ वर्षीय मुन्ना चौधरीको मृत्यु भएको महानगरिय ट्राफिक प्रहरीले जनाएको छ ।
ट्र्रिपरको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ज्यान गएको हो। मोटरसाईकललाई ठक्कर दिएर फरार ट्रिपर र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।











![किसानलाई धान भित्र्याउने चटारो [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_d3411e92-1793172977.jpg)