मौसम पूर्वानुमान : आज हल्का वर्षाको सम्भावना
काठमाडौं, माघ २३ : जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली नरहेको जनाएको छ ।
महाशाखाले हाल देशको पश्चिमी र पूर....

काठमाडौं, माघ २३ : जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली नरहेको जनाएको छ ।
महाशाखाले हाल देशको पश्चिमी र पूर्वी पहाडी भू भागमा आंशिक बदली रहेको जनाएको छ । आज दिउँसो देशका पूर्वी र मध्य पहाडी भू भागमा अपरान्ह पछि आंशिक देखि सामान्य बदली रही पश्चिमका पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।
देशको पूर्वी र पश्चिमी पहाडी भू भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना समेत रहेको महाशाखाले जनाएको छ । शुक्रबार देशका पश्चिमी भू भागमा सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली रहने अनुमान गरेको छ।
देशको पश्चिमी भू भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।











