लाल झण्डा ओढेपछि जुनसुकै खतमा पनि माफी : बरिष्ठ नेता पौडेल
काठमाडौं, माघ २३ : नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा दायर मुद्धाप्रति असन्तुष्टि जनाएका छन् ।&....

काठमाडौं, माघ २३ : नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा दायर मुद्धाप्रति असन्तुष्टि जनाएका छन् ।
पौडेलले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अख्तियारले १ सय ७५ जनाविरुद्ध दायर गरेको भ्रष्टाचार मुद्दाका विषयमा कडा टिप्पणी गर्दै
मुद्दाको प्रकृतिले संशय र प्रश्न उब्जाएको सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अख्तियारले बालुवाटरस्थित ललिता निवास जग्गा प्रकरणमा अदालतमा दायर गरेको मुद्दाको प्रकृति हेर्दा अनौठो संशय र प्रश्न उब्जाएको छ । लाल झण्डा ओढेपछि जुनसुकै खत पनि माफ हुन्छ भन्ने भनाइ कतै पुरा हुने त होइन् ?’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पूर्व उपप्रधानमन्त्री एवम् काँग्रेस नेता विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।











