Kathmandu Press

एपिएफमाथि सानदार जितसहित फ्रेन्ड्स रेलिगेसनबाट बच्यो

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको विभागीय टिम एपिएफ क्लबमाथि ४–०को जित निकालेपछि फ्रेन्ड्सले रेलिगेसन संकट टारेको हो।
एपिएफमाथि सानदार जितसहित फ्रेन्ड्स रेलिगेसनबाट बच्यो

काठमाडाैं, जेठ २६ : अन्तिम खेलमा सानदार जित निकालेको फ्रेन्ड्स क्लब ए डिभिनज लिगमा रेलिगेसनबाट बचेको छ। शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको विभागीय टिम एपिएफ क्लबमाथि ४–०को जित निकालेपछि फ्रेन्ड्सले रेलिगेसन संकट टारेको हो।

यता, फ्रेन्ड्सँग पराजित भएपछि एपिएफको रेलिगेसन सम्भावना बढेको छ। अब ऊ रेलिगेसनबाट बच्छ या बच्दै भन्ने भोलि हुने खेलमा थ्री स्टार र जावलाखेल युथ क्लबबीचको खेलबाट टुंगो लाग्ने छ।

फ्रेन्ड्सको जितमा टोरिक जेब्रिन, विकास थापा, राफिक अमिनु र अखरबेक उक्तामोभले गोल गरे। फ्रेन्ड्सले दुवै हाफम समान २ गोल गरेको थियो।

१५ औं मिनेटमा जेब्रिनको गोलमा फ्रेन्ड्सले सुरुआती अग्रता लियो । उनले फ्रिकिकमा गोल गरेका थिए । ३१औं मिनेटमा विकासले फ्रेन्ड्सको अग्रता दोब्बर बनाए ।

७२औं मिनेटमा राफिकले गोल गरेपछि फ्रेन्ड्सले ३–०को अग्रता लियो । ८२औं मिनेटमा अखरबेकले गोल गरेपछि एपिएफमाथि ४–०को जित निकाल्दै फ्रेन्ड्सले रेलिगेसन खतरा टार्यो।

२६ खेलमा फ्रेन्ड्सले ७ जित र ९ बराबरीसहित कुल ३० अंक जोड्यो। यता, एपिएफको ३० अंक छ।

प्रकाशित मिति: १७:२४ बजे, शुक्रबार, जेठ २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्