कांग्रेसको प्रश्न- निर्णय गर्ने र लालपूर्जा सिरानीमा हाल्नेलाई कारवाही खोई ?
काठमाडौं, माघ २२ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने नीतिगत निर्णय गर्ने तत्कालीन प्रधानमन....

काठमाडौं, माघ २२ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने नीतिगत निर्णय गर्ने तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र उक्त सरकारी जग्गा गैरकानूनी रुपमा खरिद गर्ने नेकपा महासचिव विष्णु पौडेललाई कारवाहीको सिफारिस नगरिनुप्रति आपत्ति जनाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नीतिगत निर्णय गर्ने तत्कालीन प्रधानमन्त्री नेपाल र जग्गा खरिद गर्ने पौडेललाई उन्मुक्ति दिनेगरी गरेको विशेष अदालतमा दायर भ्रष्टाचारको मुद्दा निष्पक्ष नभएको भन्दै कांग्रेसले प्रश्न उठाएको छ।
बुधबार अख्तियारले विषेश अदालतमा मुद्दा दायर गरे लगत्तै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गरी नीतिगत निर्णय गर्ने र लालपूर्जा सिरानीमा हाल्नेलाई खोई कारवाही नगरेर कांग्रेस नेता विजयकुमार गच्छदारलाई राजनीतिक पूर्वाग्रहमा कारवाही सिफारिस गरिएको भन्दै विरोध गरेका छन्।
‘श्री माधवकुमार नेपालको पालामा नीतिगत निर्णय। एक पूर्वमन्त्री कमरेडको सिरानीमा लालपूर्जा। मुद्दा कसलाई? विजयकुमार गच्छदारलाई ?’ शर्माले ट्वीटमा भनेका छन्। प्रवक्ता शर्माले एनिमल फार्म कितावको एक उद्धरण पनि ट्वीटमा उल्लेख गरेका छन्–‘सबै जनवारहरु समान हुन् तर केही जनवारहरु अरुभन्दा धेरै समान छन्।’
श्री माधवकुमार नेपालको पालामा नितिगत निर्णय l एक पुर्व मन्त्री कमरेडको सिरानीमुनि लालपुर्जा l मुद्दा कसलाई ? बिजय गच्छदारलाई !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) February 5, 2020
`एनिमल फार्म´ मा जर्ज अर्बेल भन्छन्-
All animals are equal, but some are more equal than others.










![किसानलाई धान भित्र्याउने चटारो [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_d3411e92-1793172977.jpg)
