नेपालले माल्दिभ्समा आयोजना हुने फाइभ नेसन्स पुरुष बास्केटबलमा सहभागिता जनाउने
नेपाल बास्केटबल संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाली टोलीका कप्तान सदिश प्रधानको नेतृत्वमा च्याम्पियनसिपमा सहभागिता जनाउने जनाएको छ।
काठमाडाैं, जेठ २६ : नेपालले माल्दिभ्समा आयोजना हुने फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ।
नेपाल बास्केटबल संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाली टोलीका कप्तान सदिश प्रधानको नेतृत्वमा च्याम्पियनसिपमा सहभागिता जनाउने जनाएको छ।
माल्दिभ्स, नेपाल, बंगलादेश, भुटान र पाकिस्तानको सहभागिता रहेको च्याम्पियनसिप जुन १४ देखि २२ सम्म हुनेछ। लिगको आधारमा आयोजना हुने च्याम्पियनसिपको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन्।
पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान सदिश प्रधानले तयारी राम्रो भएको र सहभागी टिमसंगै धैरै पटक खेलेका कारण उपाधि जित्ने सम्भावना बलियो रहेको बताए।
च्याम्पियनसिपमा सहभागिता नेपाली टोली सोमबार त्यसतर्फ जाने संघले जनाएको छ।
प्रकाशित मिति: १४:३८ बजे, शुक्रबार, जेठ २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











