Kathmandu Press

शेयर बजारमा आज उतारचढाव कम

काठमाडौं, माघ २२ : साताको  चौथो  कारोबार दिन बुधबार नेप्से परिसूचक ५ दशमलव ३१ अंकले बढेर १३४२ दशमलव ३६ को विन्दुमा बन्द भएको छ। 

शेयर बजारमा आज उतारचढाव कम

काठमाडौं, माघ २२ : साताको  चौथो  कारोबार दिन बुधबार नेप्से परिसूचक ५ दशमलव ३१ अंकले बढेर १३४२ दशमलव ३६ को विन्दुमा बन्द भएको छ। 

दोस्रो बजार ० दशमलव ४० प्रतिशतले बढेको छ। १३३८ दशमलव ५१ को विन्दुमा खुलेको दोस्रो बजार १३४२ दशमलव ६३ को उच्च विन्दुसम्म पुगेको थियो। 

बजारको न्यून विन्दु १३३५ दशमलव ७३ रहँदा दिनभरमा १ अर्ब ८  करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कारोबार रकम अघिल्लो दिनभन्दा घटेको छ। 

Hardik ivf

आजको बजारको अवस्था  

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै सिभिल बैंक लिमिटेडको शेयर किनबेच भएको छ। सिभिल बैंक लिमिटेडको १३ करोड ६ लाख बराबरको शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 
आज सपोर्ट माइक्रो फाइनान्सका शेयरधनीले सर्वाधिक ९ दशमलव ९७ प्रतिशतले कमाए भने नेशनल हाइड्रोपावरका शेयरधनीले सर्वाधिक ६ दशमलव २५ प्रतिशतले गुमाए।


छोटो समयावधिको प्राविधिक विश्लेषण

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १ मा दैनिक मैनबत्ती विश्लेषण अनुसार बजारले १३५५ मा प्रतिरोध सामना गरी बजार केही सच्चिएको छ। आज नेप्से ५ दशमलव ३१ अंकले वृद्धि भए पनि आजको मैनबत्तीले बजारमा उतारचढाव कम रहेको संकेत गरेको छ। आजको परिमाण सामान्य रहेको छ। 

चित्र नं. २ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति


 

चित्र नं. २ मा, दुई दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो दिन घट्दो प्रवृत्तिमा रहेको बजार आज प्रवृत्तिहीन रहेको छ।  २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरु नजिकिँदै गएकाले विक्रेताको चाप कमजोर हुन थालेको संकेत गरेको छ।

रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ६७ दशमलव ३६ अंकमा रहेको छ। कारोबारको अन्तिम समयमा आरएसआईको प्रवृत्ति सकारात्मक रहेको देखिन्छ भने स्टोकास्टिक अक्सिलेटरले बजारमा शेयर बढी खरिद भएको संकेत गरेको छ।  

निष्कर्ष : छोटो समयावधिको बजारको प्रवृत्ति र सूचकहरुले मिश्रित संकेत गरेको छ। बजारलाई समग्र रुपमा हेर्दा यदि बजार १३६० भन्दा माथि स्थिर रहेमा बजार अझ सकारात्मक हुन सक्ने देखिन्छ भने यदि बजार १३३३ भन्दा तल स्थिर रहेमा बजार अझ केही सच्चिन सक्ने देखिन्छ र अर्को तत्कालीन टेवा १३२५ को क्षेत्रमा रहेको देखिन्छ। 
 

प्रकाशित मिति: १९:१८ बजे, बुधबार, माघ २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्