Kathmandu Press

त्रिकोणात्मक सिरिज : पहिलो खेलमा ओमानसँग नेपाल १८ रनले पराजित

काठमाडौं, माघ २२ :  आईसीसी क्रिकेट वर्लकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको छ। 

त्रिकोणात्मक सिरिज : पहिलो खेलमा ओमानसँग नेपाल १८ रनले पराजित

काठमाडौं, माघ २२ :  आईसीसी क्रिकेट वर्लकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको छ। 

ओमानले दिएको १९८ रनको लक्ष्य पछ्याएको घरेलु टोली नेपाल ४६ दशमलब ५ ओभरमा १७९ रनका समेटियो। नेपालका लागि शरद भेष्वाकरले सर्वाधिक ५५ रन जोडे।

१०८ बलको सामना गरेका भेष्वाकरले ५ चौका प्रहार गरे। यस्तै, दीपेन्द्रसिंह ऐरीले ३६, सन्दिप लामिछानेले २८ र विनोद भण्डारीले २६ रनको योगदान दिए। 

यस्तै, सुसन भारीले ८, आरिफ शेखले ६ रन जोड्दा कप्तान ज्ञानेन्द्र मल्ल १ तथा पारस खड्का ३ रनमा पभिलियन फर्केका थिए।  अविनाश बोहोरा ८ रनमा अविजित रहे। 
ओमानका लागि जिशान मक्सदले तीन, बिलाल खान र कल्लेमुल्लाहले २–२ र महोम्मद नादिप, खवार हली र अकिब इलियास सुलेह्रीले समान १–१ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङको निम्ता पाएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा १९७ रन बनाएको थियो।  

उसका लागि महोम्मद नादिप ६९ रनमा अविजित रहे। यस्तै, सन्दीप गौडले ३३, नासिम खुशीले २८, कप्तान जिशान मक्सदले २० र अकिब इलियास सुलेह्रीले १६ रनको योगदान दिएका थिए। 

नेपालका लागि करण केसीले चार विकेट लिए भने सुसन भारीले तीन तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिएका थिए।

प्रकाशित मिति: १८:३८ बजे, बुधबार, माघ २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्