Kathmandu Press

अभ्यास खेलमा नेपाल स्कटल्यानडसँग ७ विकेटले पराजित

बिहीबार दक्षिण अफ्रिकाको टक्स ओभलमा भउको खेलमा ब्याटिङ नचलेपछि नेपाल स्कटल्यान्डसँग ७ विकेटले पराजित भयो।
अभ्यास खेलमा नेपाल स्कटल्यानडसँग ७ विकेटले पराजित

काठमाडाैं, जेठ २५ : एकदिवसीय विश्वकप छनोटको तयारीका लागि दक्षिण अफ्रिका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिम पहिलो अभ्यास खेलमा पराजित भएको छ। बिहीबार दक्षिण अफ्रिकाको टक्स ओभलमा भउको खेलमा ब्याटिङ नचलेपछि नेपाल स्कटल्यान्डसँग ७ विकेटले पराजित भयो।

पहिला ब्याटिङ गर्दै नेपालले दिएको १३६ रनको सामान्य लक्ष्य स्कटल्यान्डले २९ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । उसका लागि ब्रान्डन म्याकमुलेनले सर्वाधिक ५९ रन बनाए।

यस्तै, कप्तान रिची बेरिङटन ४१ रन बनाउँदा क्रिस म्याकब्रिज १३ रनको योगदान दिए । नेपालका लागि गुल्सन झाले २ तथा सोमपाल कामीले १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको नेपाल निकै खराब ब्याटिङ गर्दै २८.५ ओभरमा १३५ रनमै अलआउट भयो । नेपालका लागि कुशल मल्लले सर्वाधिक ३७ रन बनाए । उनले २६ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

यस्तै, ओपनर आसिफ सेखले ३६ बलमा २८ रन बनाउँदा अर्का ओपनर कुशल भुर्तेल १६ रन बनाए । यस्तै, दीपेन्द्रसिंह ऐरीले १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

नेपालको इनिङ ध्वस्त बनाउने क्रममा ब्रेन्डन म्याकुमलेन र ज्याक जार्विसले समान २ विकेट लिँदा सफ्यान सरिफले दुई विकेट लिए।

जिम्बाबेमा हुने विश्वकप छनोटको तयारीका लागि गतसाता दक्षिण अफ्रिका पुगेको नेपाली टिमले शनिबार नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्ने छ।

 

प्रकाशित मिति: २०:२३ बजे, बिहीबार, जेठ २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्