Kathmandu Press

साफ च्याम्पियनसिपको लागि नेपाली टिमको घोषणा

मुख्य प्रशिक्षक भिसेन्जो अल्बार्टो एनेसले मिडफिल्डर लाकेन लिम्बू र आभाष लामिछाने तथा डिफेन्डरद्वय सिमान्त थापा र निशान्त खड्कालाई नेपाली टिममा पहिलो पटक समावेश गरेका छन्।
साफ च्याम्पियनसिपको लागि नेपाली टिमको घोषणा

काठमडाैं, जेठ २५ : १४औं संस्करणको साफ च्याम्पियनसिपनका लागि नेपाली टिमको घोषणा गरेको छ। मुख्य प्रशिक्षक भिसेन्जो अल्बार्टो एनेसले बन्द प्रशिक्षणविनै एकै पटक साफ च्याम्पियनसिपका लागि २३ सदस्यीय टिम घोषणा गरेका हुन्।

दुई साताअघि नै बन्द प्रशिक्षण सुरु गर्न प्रशिक्षक एनेसले ३० सदस्यीय प्रारम्भिक टिम छनोट गरेका थिए। तर, ए डिभिजन लिगका टिमले लिग नसकी खेलाडी उपलब्ध नगराउने बताएपछि एन्फाले राष्ट्रिय टिमको बन्द प्रशिक्षण स्थगित गरेको थियो।

एनेसले लिगमा गरेको प्रशर्दनका आधारमा बिहीबार २३ सदस्यीय टिम घोषणाा गरेका हुन्। उनले टिममा ३ नयाँ सदस्यलाई पनि मौका दिएका छन्। एनेसले मिडफिल्डर लाकेन लिम्बू तथा डिफेन्डर सिमान्त थापा र विमल पाण्डेलाई नेपाली टिममा पहिलो पटक समावेश गरेका छन्।

असार ६ गतेबाट भारतमा आयोजना हुने प्रतियोगितामा साविक उपविजेता नेपाल समूह एमा छ। यो समूहमा नेपालसँगै डिफेन्डिङ च्याम्पियन भारत, कुवेत र पाकिस्तान छन्।

नेपालले पहिलो दिन नै कुवेतसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । कुवेत साफ च्याम्पियनसिपको आगन्तुक टिम हो । यस्तै, नेपालले असार ९ गते भारतसँग खेल्नेछ भने असार १२ गते पाकिस्तानसँग खेल्ने तालिका छ।

साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले जेठ ३२ गते फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्ने छ।

नेपाली टिम

गोलकिपर: किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ

डिफेन्डरः विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द, सिमान्त थापा

मिडफिल्डरः पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, लाकेन लिम्बु, आभास लामिछाने 

स्ट्राइकर: आयुष घलान, नवयुग श्रेष्ठ, दिपकराज सिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्तिमगर

प्रकाशित मिति: १७:३२ बजे, बिहीबार, जेठ २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्