Kathmandu Press

बालुवाटार जग्गा प्रकरणः गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं, माघ २२ : बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमितता प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध भ्रष्टाच....

बालुवाटार जग्गा प्रकरणः गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
फाइल

काठमाडौं, माघ २२ : बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमितता प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार कांग्रेस उपसभापति गच्छदार, तत्कालीन समयमा भूमिसुधारमन्त्री रहेका डम्बर श्रेष्ठ, पूर्वभूमिसुधारमन्त्री चन्द्रदेव जोशी,  अन्तरिम मन्त्रिपरिषद्‍मा भूमिसुधारमन्त्री बनेका पूर्वसचिव छविराज पन्तसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

जग्गा हिनामिना प्रकरणमा अख्तियारले अख्तियारकै पूर्वप्रमुख दीप बस्न्यात, पूर्वसचिव दिनेशहरि अधिकारी, पूर्वनिर्वाचन आयुक्त सुधीर शाह र उनकी पत्नी उर्मिला शाह, पूर्वसहसचिव गेहनाथ भण्डारी र उनकी पत्नी भुवनकुमारी चापगाईविरुद्ध पनि मुद्दा दर्ता गरेको छ। उनीहरुसहित जग्गा प्रकरणमा १७५ जनाविरुद्ध कारवाहीको माग गर्दै अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको हो।

अख्तियारले कांग्रेस उपसभापति तथा पूर्वभौतिक योजना तथा निर्माणमन्त्री गच्छदार, पूर्वभूमिसुधारमन्त्रीद्वय श्रेष्ठ र पन्त तथा अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातसँग जनही ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो माग दाबी गरेको छ। यस्तै, पूर्व भूमिसुधारमन्त्री जोशी र पूर्वसचिव दिनेशहरिसँग जनही ७ करोड ८ लाख ४८ हजार रुपैयाँ बिगो दाबी गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। 

उनका अनुसार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसँग ११ करोड २० लाख, शोभाकान्त ढकालसँग ३९ करोड २७ लाख ६८ हजार र रामकुमार सुवेदीसँग ५२ करोड ५१ लाख ४० हजार माग दाबी गरिएको छ।

यसअघि बिहीबारमात्रै बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिका नाममा दर्ता भएकोबारे छानविन गर्न गठित प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छानविन सकेर प्रतिवेदन बुझाएको थियो।

सीआईबीको छानविन टोलीले ललिता निवासको ११४ रोपनी जग्गा हिनामिना प्रकरणमा हाल चीनका लागि नेपाली राजदूत रहेका लीलामणि पौडेलदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आययुक्त दीप बस्न्यातसम्मलाई कारवाहीका लागि सिफारिस गरेको थियो।

तर, पूर्वमुख्यसचिव एवं हाल चीनका लागि नेपाली राजदूत भएका पाैडेलविरूद्ध भने  अख्तियारले मुद्दा दायर गरेको छैन।  सीआईबीको टोलीले पूर्वसचिव शारदाप्रसाद त्रिताल नेतृत्वको छानविन समितिको प्रतिवेदनलाई आधार मानेर विस्तृत छानविन गरेको थियो।

दायर गरिएको आरोपपत्रको पूर्णपाठ : 

प्रकाशित मिति: १७:५६ बजे, बुधबार, माघ २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्