Kathmandu Press

बालुवाटार जग्गा अनियमितता प्रकरणः गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध भ्रष्टाचारको मुद्दा 

काठमाडौं, माघ २२ : बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमितता प्रकरणमा संलग्न भएको अभियोगमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित चार जना....

बालुवाटार जग्गा अनियमितता प्रकरणः गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध भ्रष्टाचारको मुद्दा 

काठमाडौं, माघ २२ : बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमितता प्रकरणमा संलग्न भएको अभियोगमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित चार जना पूर्वमन्त्रीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिने भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार कांग्रेस उपसभापति एवं पूर्वउपप्रधानमन्त्री गच्छदार, तत्कालीन समयमा भूमिसुधारमन्त्री रहेका डम्बर श्रेष्ठ, पूर्वभूमिसुधारमन्त्री चन्द्रदेव जोशी, अन्तरिम मन्त्रिषद्‍मा मन्त्री बनेका पूर्वसचिव छविराज पन्त, अख्तियारकै पूर्वप्रमुख दीप बस्न्यात लगायतविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गर्ने तयारी गरेको हो। मुद्दा दायर गर्न अख्तियारको टोली विशेष अदालत पुगेको छ।

अख्तियारले पूर्वसचिव दिनेशहरि अधिकारी, पूर्वनिर्वाचन आयुक्त सुधीर शाह र उनकी पत्नी उर्मिला शाह, पूर्वसहसचिव गेहनाथ भण्डारी र उनकी पत्नी भुवनकुमारी चापगाईंविरुद्ध पनि भ्रष्टाचारको दायर गर्नेछ।
 

प्रकाशित मिति: १७:४४ बजे, बुधबार, माघ २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्