नागार्जुन नगरपालिकाले चीनबाट ल्याइने नेपालीलाई राख्न नदिने
काठमाडाैं, माघ २२ : काठमाडौंस्थित नागार्जुन नगरपालिकाले चीनको वुहानबाट उद्धार गरी ल्याइने कोरोना भाइरसका सम्भावित नेपालीलाई राख्न नदिने भएको छ।
काठमाडाैं, माघ २२ : काठमाडौंस्थित नागार्जुन नगरपालिकाले चीनको वुहानबाट उद्धार गरी ल्याइने कोरोना भाइरसका सम्भावित नेपालीलाई राख्न नदिने भएको छ।
सरकारले नागार्जुन नरपालिका वडा नम्बर १ मा रहेको शहरी विकास मन्त्रालयद्वारा निर्मित भवनमा राखेर उपचार गर्ने तयारी गरिरहेको थियो। सञ्चारमाध्यमबाट जानकारी भएको भन्दै नगर उपप्रमुख सुशीला अधिकारीले सो क्षेत्रमा घना बस्ती भएकाले पनि नराख्न आग्रह गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाएकी छिन्।
सरकारले भने चीनमा महामारीको रुप लिइरहेको कोरोना भाइरस प्रताडित नेपालीलाई नेपाल ल्याउने तयारी गरिरहेको छ। कोरोना भाइरसको संक्रमण छ वा छैन भन्नका लागि पनि चीनबाट आएकालाई १४ दिन क्वारेन्टाइनमा राखेर उपचार गर्नुपर्ने हुन्छ। सो दिनसम्म पनि संक्रमित भएको फेला नपरेमा मात्रै परिवारलाई भेट्न दिन मिल्ने चिकित्सकहरुको भनाइ छ।











