वडाध्यक्ष धामीको हत्यामा संलग्नमाथि कारवाही गर्न कांग्रेसको माग
काठमाडौं, माघ २२ : नेपाली कांग्रेसले अछामको अछाम पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष पदमबहादुर धामीको हत्यामा संलग्नमाथि कडा कारब....

काठमाडौं, माघ २२ : नेपाली कांग्रेसले अछामको अछाम पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष पदमबहादुर धामीको हत्यामा संलग्नमाथि कडा कारबाही गर्न माग गरेको छ।
बुधबार कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी धामीको हत्याको घटनाको यथार्थ छानविन र अनुसनधान गरी दोषीमाथि आवश्यक कानून कारवाही गर्न सरकारसँग माग गरेका हुन्।
धामी माघ २० गते गैरीगाउँस्थित स्थानीयको भैँसीगोठमा मृत भेटिएका थिए। ‘उक्त घटनाको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ। घटनाको यथार्थ छानविन र अनुसन्धान गरी दोषीमाथि आवश्यक कानूनी कारवाही गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
धामीको निधनप्रति गहिरो दुःख पनि व्यक्त गर्दै कांग्रेसले शोक सन्तप्त परिवारजनप्रति हार्दिक समेवदना प्रकट पनि गरेको छ।










![किसानलाई धान भित्र्याउने चटारो [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_d3411e92-1793172977.jpg)
