Kathmandu Press

दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता भोलिदेखि

उनका अनुसार उक्त प्रतियोगिता नेपाल भारत मैत्री धर्मशाला तिलगंगामा हुनेछ। यस स्पर्धामा नेपालबाट महिला र पुरुष गरी ३६ खेलाडीको सहभागिता रहनेछ।
दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता भोलिदेखि

काठमाडाैं, जेठ २४ : नेपाल योग खेलकुद संघको आयोजनामा तेस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता र माउन्ट एभरेष्ट योग फेस्टिभल च्याम्पियनशिप हुने भएको छ। 

यही जेठ २५ देखि २७ गतेसम्म आयोजना हुने दक्षिण एसियाली योग खेलकुद प्रतियोगितामा नेपालसहित भारत, भूटान, बङ्गलादेश, अफगानिस्तान, श्रीलङ्का र माल्दिभ्स गरी सात राष्ट्रका खेलाडीले सहभागिता जनाउने आयोजक सङ्घका केन्द्रीय सचिव डा आनन्द गैरेले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

उनका अनुसार उक्त प्रतियोगिता नेपाल भारत मैत्री धर्मशाला तिलगंगामा हुनेछ। यस स्पर्धामा नेपालबाट महिला र पुरुष गरी ३६ खेलाडीको सहभागिता रहनेछ।

प्रतियोगितामा विभिन्न उमेर समूहमा प्रतिस्पर्धा हुनेछ। जसअनुसार ८ देखि ११ वर्ष, १२ देखि १५ वर्ष, १६ देखि १८ वर्ष, १९ देखि २५ वर्ष, २६ देखि ३५ वर्ष र ३५ वर्षदेखि माथिका उमेर समूहमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

यसैगरी माउन्ट एभरेस्ट योग फेस्टिभल पनि यही जेठ २६ र २७ गते हुनेछ। यस प्रतियोगितामा सार्क राष्ट्रसहित इरान र साउदी अरेबियाका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। यस प्रतियोगितामा करिब तीन सय खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकको भनाइ छ। नेपालबाट महिला र पुरुष गरी ४२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।  

विसं २०७३ मा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता भएको उक्त सङ्घले २०७४ सालमा प्रथम दक्षिण एसियाली खेलकुद र २०७६ सालमा दोस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता सञ्चालन गरेको थियो।

प्रकाशित मिति: १७:३१ बजे, बुधबार, जेठ २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्