Kathmandu Press

वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन

काठमाडाैं, माघ २२ : नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक दुर्गानाथ शर्माको निधन भएको छ। 

शर्माको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा रहेको मन....

वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन

काठमाडाैं, माघ २२ : नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक दुर्गानाथ शर्माको निधन भएको छ। 

शर्माको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा बुधबार बिहान निधन भएको हो।

मुटु र मिर्गाैलासम्बन्धी रोगबाट ग्रसित ७२ वर्षीय शर्मा नेपाल टेलिभिजन समाचार प्रस्तोतादेखि नायब महाप्रबन्धक र महाप्रबन्धक भएर काम गरेका थिए। विसं २०४२ पुस १४ गते टेलिभिजनको प्रशारण गर्दा उनी पहिलो प्रस्तोता रहेका थिए।

रेडियो नेपालमा समाचारवाचक र गोरखापत्रमा समेत काम गरेका शर्माका श्रीमती र दुई छोरा छन्।
 

प्रकाशित मिति: १५:३१ बजे, बुधबार, माघ २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्