Kathmandu Press

चीनमा रहेका नेपालीलाई तत्काल उद्दार गर्न सांसदहरूको माग

काठमाडौं, माघ २२ : सांसदहरुले चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस विश्वव्यापी प्रभाव पारिरहेको भन्दै प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकलाई....

चीनमा रहेका नेपालीलाई तत्काल उद्दार गर्न सांसदहरूको माग

काठमाडौं, माघ २२ : सांसदहरुले चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस विश्वव्यापी प्रभाव पारिरहेको भन्दै प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकलाई तत्काल उद्धार गर्न माग गरेका छन्।

राष्ट्रिय सभाको बुधबारको बैठकको शून्य समयमा सांसद कोमल ओलीले विश्वभर फैलिरहेको कोरोना भाइरस सङ्क्रमणको नेपालमा कस्तो अवस्था छ? भनेर प्रश्न गरिन्।

चीनको प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकलाई उद्धार गरेर फिर्ता ल्याउने सरकारको तयारीप्रति असन्तुष्टि जनाउँदै उनले भनिन्, ‘चीनबाट नेपाली ल्याइँदै छ भने सरकारले उनीहरुलाई कहाँ र कसरी राख्ने व्यवस्था गरेको छ?’

सांसद कमलाकुमारी ओलीले कोरोना भाइसरको सङ्क्रमण बढिरहेको अवस्थामा वुहानमा रहेको नेपाली विद्यार्थी ठूलो तनावमा रहेको भन्दै तत्काल उच्चस्तरीय पहल गरी उद्धार गर्न सरकारको ध्यानाकर्षण गराइन।

‘कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपाली विद्यार्थी निकै आत्तिएको अवस्था छ,’ उनले भनिन्, ‘उनीहरु अलपत्र परेका छन्, तत्काल प्रभावित क्षेत्रमा फसेका नेपालीको तथ्याङ्क निकालेर उद्धार गरोस्।’

चीनको वुहान वरपर रहेका एक सय ८० जना नेपालीले उद्धारका लागि सरकारसँग आग्रह गरेका छन्। उनीहरुले उद्धारका लागि निवेदन दिएको एक साता वितिसक्दा पनि सरकारले वास्ता गरेको छैन।

चीनको वुहान प्रान्तबाट सन् २०१९ डिसेम्बर ३१ मा पहिलोपटक फैलिएको कोरोना भाइरस अहिले चीनको २२ प्रान्तमा तथा विश्वका २३ मुलुकमा फैलिएको छ। विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार चार सय ९२ जनाको मृत्यु भइसकेको छ। यसबाट २४ हजार पाँच सय जना संक्रमित भएका छन्। संक्रमण फैलिने क्रम रोकिएको छैन।
 

 

प्रकाशित मिति: १४:४२ बजे, बुधबार, माघ २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्