Kathmandu Press

यू–२० महिला एसियन कप छनोट : म्यानमारसँग नेपालको फराकिलो हार

मंगलबार साँझ भएको खेलमा नेपाल म्यानमारसँग ५–०को फराकिलो अन्तरले पराजित भयो ।
यू–२० महिला एसियन कप छनोट : म्यानमारसँग नेपालको फराकिलो हार

काठमाडाैं, जेठ २३ : म्यानमारमा जारी यू–२० महिला एसियन कप छनोटमा नेपाली महिला टिमले फराकिलो हार बेहोरेको छ। मंगलबार साँझ भएको खेलमा नेपाल म्यानमारसँग ५–०को फराकिलो अन्तरले पराजित भयो ।

म्यानमारको जितमा यिन लुन इनले ह्याट्रिक गरिन् भने जिन मोई पाए र युन वादीले पनि गोल गरे। म्यानमारविरुद्ध नेपालले पहिलो हाफमा २ र दोस्रो हाफमा ३ गोल खाएको थियो।

२३औं मिनेटमा जिन मोईले गोलमा म्यानमारले अग्रता लियो। ४५औं मिनेटमा यिन लुनले टिमको अग्रता दोब्बर बनाइन्। ४६औं मिनेटमा यिनले व्यक्तिगत दोस्रो गोल गर्दा
७०औं मिनेटमा युन र ९०औं मिनेठमा यिनले गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरिन् भने टिमलाई ५–०को सहज जित दिलाइन्।

चीन र चाइनिज ताइपेइ पनि रहेको सामूहमा कम्तिमा दोस्रो हुँदै यू–३० एसियन कप खेल्ने लक्ष्य बनाएको नेपाललाई यो हारको धक्का लागेको छ। नेपालले दोस्रो खेल बिहीबार चीनसँग खेल्ने छ भने तेस्रो खेल शनिबार ताइनिज ताइपेइसँग खेल्ने छ।

 

प्रकाशित मिति: २०:४४ बजे, मंगलबार, जेठ २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्