Kathmandu Press

पशुपति शर्माको गीत जस्ताको तस्तै राख्न लोकदोहोरी प्रतिष्ठानको आग्रह

काठमाडौं, फागुन ५ : राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले पुशपति शर्माको ‘लुट्न सके लुट’ बोलको गीतलाई जस्ताको तस्तै यूट्यूबमा राख्न आग्रह गरेको....

पशुपति शर्माको गीत जस्ताको तस्तै राख्न लोकदोहोरी प्रतिष्ठानको आग्रह

काठमाडौं, फागुन ५ : राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले पुशपति शर्माको ‘लुट्न सके लुट’ बोलको गीतलाई जस्ताको तस्तै यूट्यूबमा राख्न आग्रह गरेको छ । आईतबार बसेको प्रतिष्ठानको बैठकले शनिबार सरकारको निर्देशनमा हटाइएको गीत जस्ताको तस्तै सुन्न पाउनु दर्शक, स्रोताको अधिकार भएको भन्दै पुन अपलोड गर्न सर्जक पशुपति शर्मालाई आग्रह गरेको छ । 

प्रतिष्ठानका उपाध्यक्ष समेत रहेका लोक गायक शर्माले यूट्यूबबाट गीत हटाउनुको कारणबारे जानकारी गराएका थिए ।  ‘राष्ट्रपतिको विषयमा किन यस्तो लेखेको भन्ने कुराहरु आएरआत्तिएर युट्युबबाट हटाएँको भन्नुभयो’ प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले भने । 

शर्माले गीतमा आफूले व्यक्तिविशेषको भन्दा प्रवृत्तिको विरोध गर्न खोजेको जानकारी गराएका थिए । ‘म कुनै पार्टीसित आवद्ध छैन र कुनै पार्टीको विरोधि पनि होइन,’ पशुपतिले भने, ‘कसैप्रति पूर्वाग्रही भएर लेखेको थिइनँ । विवाद आउला भन्ने अनुमान पनि भएन ।’

प्रकाशित मिति: १९:१९ बजे, आइतबार, फागुन ५, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्