एसियाडका पौडीका एलेक्स, नासिर, गौरिका र डुवाना छानिए
आइतबार र सोमबार भएको ११औं एनएसए कप पौडी प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा एलेक्स गाडेगाड शाह, नासिर हुसेन, गौरिका सिंह र डुवाना लामा १९औं एसियाली खेलकुदका लागि छानािएका हुन्।
काठमाडाैं, जेठ २३ : चीनमा हुने १९औं एसियाडाका पौडीबाट ४ खेलाडी छनोट भएका छन्। नेपाल पौडीले संघले मंगलबार पुरुष र महिलातर्फबा समान २ गरी एसियाडका लागि ४ खेलाडी छनोट गरेको हो।
एलेक्स गाडेगाड शाह, नासिर हुसेन, गौरिका सिंह र डुवाना लामा होङझावमा हुने १९औं एसियाली खेलकुदका लागि छानािएका हुन्।
आइतबार र सोमबार भएको ११औं एनएसए कप पौडी प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा उनीहरुलाई छनोट गरिएको नेपाल पौडीले जनाएको छ।
उनीहरुले जापानमा हुने पेरिस ओलम्किपकको छनोट प्रतियोगिता पनि खेल्ने छन्। एलेक्स र गाैरिकाले टाेकियाे ओलम्किपक पनि खेलेका थिए।
प्रकाशित मिति: १६:५० बजे, मंगलबार, जेठ २३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











