Kathmandu Press

यू–२० एसियन कप छनोटमा म्यानमारसँग भिड्दै नेपाली महिला टिम

नेपाली टोलिका प्रशिक्षक यमप्रसाद गुरुङले पहिलो चरणको सफलताले टिमको मनोबल बढाएको जनाउँदै हरेक खेल जित्नकै लागि खेल्ने बताए।
यू–२० एसियन कप छनोटमा म्यानमारसँग भिड्दै नेपाली महिला टिम

काठमाडाैं, जेठ २३ : एएफसी यू–२० महिला एसियन कपको दोस्रो चरणको छनोटमा नेपाली महिला टिमले आज पहिलो खेल खेल्दैछ। नेपाली समयअनुसार साँझ ५ः४५ बजे हुने खेलमा नेपालले घरेलु टोली म्यानमारसँग खेल्ने छ।

नेपाल छनोटको समूह ‘बी’मा रहेको छ। यो समूहमा नेपाल र म्यानमासरसँगै चीन र चाइनिज ताइपेइ पनि छन्।

नेपालले प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६–० ले हराउँदै दोस्रो चरणमा स्थान पक्का गरेको थियाे।

नेपाली टोलिका प्रशिक्षक यमप्रसाद गुरुङले पहिलो चरणको सफलताले टिमको मनोबल बढाएको जनाउँदै हरेक खेल जित्नकै लागि खेल्ने बताए। ‘फिफा वरियतामा हामीभन्दा माथि भएका टिम छन् तर हामी उच्च मनोबलका साथ मैदान उत्रने छौं,’ उनले भने।

यस्तै नेपालले जुन ८ मा चीन र जुन १० मा चाइनिच ताइपेइसँग खेल्नेछ। समूहको शीर्ष २मा रहने सकेन नेपाल यू–२० एसिया कपमा छनोट हुनेछ।

नेपाली टोली

गोलकिपर : कविता विक, लीला जोशी, सावित्री किसान

डिफेन्डर : सविना चौधरी, तुलसा बोहोरा, सुनीता भुलन, सिम्रन राई, दिव्या यस्माली मगर, प्रतीक्षा चौधरी, सजनी थोकर, कुमारी तामाङ

मिडफिल्डर : दीपा शाही (कप्तान), सरस्वती हमाल, मनमाया दमाईं, सुनकला राई, हिमा रावत, सुष्मा जीटी, अञ्जली माचामासी, सारा वज्राचार्य

स्ट्राइकर : अमिषा कार्की, ममता पुन, गरिमा राई, सदिपा भोलान

 

प्रकाशित मिति: ११:३८ बजे, मंगलबार, जेठ २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्