Kathmandu Press

नेपालको राम्रो सुरुआत, करणले लिए दुई विकेट

काठमाडौं, माघ २२ : घरेलु मैदानमा खेलिरहेको पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा नेपालले राम्रो सुरुआत गरेको छ। नेपाललाई करण केसीले सुरुआतमै दुई विकेट ....

नेपालको राम्रो सुरुआत, करणले लिए दुई विकेट

काठमाडौं, माघ २२ : घरेलु मैदानमा खेलिरहेको पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा नेपालले राम्रो सुरुआत गरेको छ। नेपाललाई करण केसीले सुरुआतमै दुई विकेट दिलाएका छन्।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार पहिलो खेलमा नेपालले टस जितेर ओमनलाई ब्याटिङको निम्तो दिएको छ। ओमानले राम्रो सुरुआत गरेको छैन। नौ ओभरमा दुई विकेट गुमाउँदै २३ रन बनाएको छ।

नेपालका लागि पाँच ओभरमा १४ रन दिँदै दुई विकेट लिएका छन्।

त्यस्तै, नेपालका युवा क्रिकेटर अविनास बोहरा र सुसन भारीले एकदिवसीय क्रिकेटमा डेब्यू गरेका छन्।

लिग–२ मा त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल, ओमान र अमेरिका आठ खेल खेल्नेछन्। एक सातासम्म चल्ने प्रतियोगितामा प्रत्येक टिमले चार खेल खेल्नेछन्।

याे पनि पढ्नुस् :

विश्वकपका लागि सुरू हुँदै नेपालको यात्रा

 

 

प्रकाशित मिति: १०:१८ बजे, बुधबार, माघ २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्