Kathmandu Press

यस्तो छ गण्डकी प्रदेशको नीति तथा कार्यक्रम [पूर्णपाठ]

प्रदेश सरकारले उज्यालो प्रदेश अभियानलाई निरन्तरता दिने, काठको पोल विस्थापित गर्ने लगायत अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिएको छ।
यस्तो छ गण्डकी प्रदेशको नीति तथा कार्यक्रम [पूर्णपाठ]

कास्की, जेठ २१ : गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम ल्याएको छ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आइतबारको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

सरकारले यसअघि जेठ १२ गतेको प्रदेशसभा बैठकमा विनियोजन विधेयक, २०८० को सिद्धान्त र प्राथमिकता पेस गरेको थियो।

नीति तथा कार्यक्रममा सुख्खा खेतीयोग्य जमिनमा लिफ्टिङबाट सिंचाई पुर्‍याउने उल्लेख छ। प्रदेशमा रहेका नदीनाला वरीपरीका टारहरू खेतीयोग्य जमिन भएर पनि सिंचाई नपुगेको भन्दै प्रदेशले लिफ्टिङ प्रविधिमार्फत सिंचाईपुर्‍याउने नीति लिएको हो।

यस्तै, आगामी आर्थिक वर्षदेखि विद्युतीय चुल्होलाई प्रयोग गर्न पनि प्रोत्साहन गरिने भएको छ। भान्साबाट एलपी ग्याँस प्रतिस्थापन गर्न विद्युतीय चुल्होलाई प्रोत्साहन दिने भएको हो। यसका लागि कार्यविधी बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ।

प्रदेश सरकारले उज्यालो प्रदेश अभियानलाई निरन्तरता दिने, काठको पोल विस्थापित गर्ने लगायत अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिएको छ।

यस्तो छ नीति तथा कार्यक्रममको पूर्णपाठ

प्रकाशित मिति: २०:०६ बजे, आइतबार, जेठ २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्