Kathmandu Press

बेन्जिमाले रियल मड्रिड छाड्ने

१४ सिजन रियलमा बिताएका बेन्जिमाले उनले ६४७ खेलमा ३५३ गोल र १६५ असिस्ट गरेका छन्। उनले ५ च्याम्पियन्स लिगसहित २५ उपाधि जितेका छन्।
बेन्जिमाले रियल मड्रिड छाड्ने

काठमाडाैं, जेठ २१ : भेट्रान फ्रेन्च स्ट्राइकर करिम बेन्जिमाले स्पेनिस क्लब रियल मड्रिड छाड्ने भएका छन्। १४ सिजन रियलमा बिताएका ३५ वर्षीय बेन्जिमाले क्लब छाड्ने रियलले पुष्टी गरेको छ।

सम्झौता अवधि बाँकी छँदै दुवै पक्ष सम्झौता रद्द गर्न सहमत भएपछि बेन्जिमाले रियल छाड्न पक्का भएको हो। अब यसै महिनाको अन्त्यपछि रियलसँग उनको सम्झौता सकिने छ। रियलमा बेन्जिमाको सम्झौता सन् २०२४को जुनसम्म थियो।

पछिल्लो समय बेन्जिमालाई साउदी अरेबियाबाट ठूलो रकमको अफर आएको थियो। त्यसपछि बेन्जिमा रियल छाड्ने मनिस्थितिमा पुगेका हुन्। बेन्जिमालाई साउदी प्रो लिग च्याम्पियन क्लब अल इतिहादले प्रस्ताव गरेको थियो।

Hardik ivf

अब उनी फ्रि ट्रान्सफरमा अल इतिहाद जाने छन्। इतिहादले बेन्जिमाका लागि प्रतिवर्ष २ सय मिलियन डलर पाउने गरी २ वर्षका लागि प्रस्ताव गरेको छ।

१४ सिजन रियलमा बिताएका बेन्जिमा क्लबा लिजेन्ड मध्ये एक हुन्। उनी रियलका लागि दोस्रो सर्वाधिक गोलकर्ता हुन्। उनले ६४७ खेलमा ३५३ गोल र १६५ असिस्ट गरेका छन्। उनीभन्दा अघि क्रिस्टियानो रोनाल्डो छन्।

५ च्याम्पियन्स लिग, ५ क्लब विश्वकप र ४ ला लिगासहित बेन्जिमाले रियलका लागि कुल २५ उपाधि जितेका छन्। बेन्जिमाले यसैवर्षको सुरुमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका थिए।

पछिल्लो केही सिजन उत्कृष्ट फर्मममा रहेका बेजिन्माले गतवर्ष बालोन डि’ओर पनि जितेका थिए।

बेन्जिमाले आजै राति रियलका लागि अन्तिम खेल खेल्ने छन्। रियलले आज राति १०ः१५ बजे घरेलु मैदान सान्टियागो बर्नाबेउमा एथ्लेटिको बिल्बओसँग खेल्नेछ।

 

प्रकाशित मिति: १७:०९ बजे, आइतबार, जेठ २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्