Kathmandu Press

प्रधानमन्त्रीले बालुवाटारमै सारङ्गी र बाँसुरी बजाएपछि ...

काठमाडौं, माघ २२ : प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार ‘सारङ्गी साँझ’  कार्यक्रममा सहभागी भएका छन् ।

प्रधानमन्त्री निवास ब....

प्रधानमन्त्रीले बालुवाटारमै सारङ्गी र बाँसुरी बजाएपछि ...

काठमाडौं, माघ २२ : प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार ‘सारङ्गी साँझ’  कार्यक्रममा सहभागी भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा  मदन भण्डारी कला साहित्य प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित नेपाली मौलिक बाजा र धुनहरुको ‘सारङ्गी साँझ’ मा उनी सहभागी भएका हुन् । उक्त अवसरमा प्रधानमन्त्री ओलीले सारङ्गी र बाँसुरी बजाएको कला प्रतिष्ठानका महासचिव डा देवी नेपालले जानकारी दिए।

‘‘पहिले उहाँले एक्लै सारङ्गी बजाउनुभएको थियो’’, डा नेपालले भने, ‘‘त्यसपछि पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपालले सारङ्गी र प्रधानमन्त्री ओलीले बाँसुरी बजाउनुभएको थियो ।’’ डा नेपालले प्रधानमन्त्री, मन्त्रीगणलाई मौलिक बाजा र धुनको संरक्षण गर्नुपर्दछ भन्ने सन्देश दिनका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

पूर्वको लिम्बू जातिको पालमदेखि सुदूरपश्चिम प्रदेशको देउडासम्मकोे १० प्रकारका धुन सो अवसरमा बजाइएको थियो ।  धुनको संयोजन नाट्य प्रतिष्ठानका प्राज्ञ सदस्य अशोक राईले गरेका थिए । 

प्रकाशित मिति: ०६:२४ बजे, बुधबार, माघ २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्