Kathmandu Press

अध्ययन भन्छ, ‘जनघनत्व बढि भएको क्षेत्रमा मौसममा हुने परिवर्तनले फ्लुको महामारी फैलाउँछ’

अत्यधिक जनसंख्या भएको क्षेत्रमा मौसममा हुने तिव्र परिवर्तनले विभिन्न किसिमका फ्लु फैलने हालै भएको एक अध्ययनले देखाएको छ। 

फ्लोरिडा स्टेट युनिभर्सिटीका व....

अध्ययन भन्छ, ‘जनघनत्व बढि भएको क्षेत्रमा मौसममा हुने परिवर्तनले फ्लुको महामारी फैलाउँछ’

अत्यधिक जनसंख्या भएको क्षेत्रमा मौसममा हुने तिव्र परिवर्तनले विभिन्न किसिमका फ्लु फैलने हालै भएको एक अध्ययनले देखाएको छ। 

फ्लोरिडा स्टेट युनिभर्सिटीका वैज्ञानिकहरूले हालै गरेको एक अध्ययनले जनघनत्व अत्याधीक हुने सहरमा फ्लु फैलने निष्कर्ष निकालेको हो।  इन्भाइरोन्मेन्टल रिसर्च लेटर्स नामक जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनले जलवायु परिवर्तनका कारण मौसममा हुने तिव्र परिवर्तनले २१औं शताब्दीको उत्तरार्द्धमा केहि अत्यधिक जनघनत्त्व भएका क्षेत्रमा फ्लुको महामारी फैलाउने देखाइएको छ।

Hardik ivf

डिपार्टमेन्ट अफ अर्थ, ओसन एन्ड एटमोस्फेरिक साइन्सका सहायक प्राध्यापक झाओह्वा वु र एउटा अन्तर्राष्ट्रिय टोलीले अमेरिका, चीन, फ्रान्स र इटालीको तथ्याङ्क विश्लेषण गरेका छन्। अघिल्ला अनुसन्धानमा जाडो याममा न्युन तापक्रम र सापेक्षिक आर्द्रताले फ्लुको भाइरस सर्ने उपयुक्त वातावरण तयार गर्ने देखिएको छ।

सन् २०१७(१८ को तथ्याङ्कमा शरद ऋतुमा मौसममा हुने चरम उतारचढावले फ्लु सुरू हुने वैज्ञानिकहरूले पत्ता लगाएका छन्। वु भन्छन्, “विश्वका विभिन्न भागको फ्लुसम्बन्धी ऐतिहासिक तथ्याङ्कले मौसममा हुने तिव्र परिवर्तनले फ्लुको महामारी फैलाउने देखाएको छ। जाडोमा व्यक्तिको रोग प्रतिरोधात्मक प्रणाली शिथिल हुन्छ।
त्यतिबेला फ्लु भाइरसको जोखिम बढ्छ।”

तानो हावापानी भएको स्थानमा मौसम तिव्र परिवर्तन हुनेमा समूह विश्वस्त छ। मौसमको यो प्रवृत्तिले भविष्यमा हुने कुनै पनि फ्लुको प्रभाव कति गम्भीर हुन्छ, निर्धारण गर्न महत्त्वपूर्ण योगदान पुग्ने उनीहरूको मान्यता छ।

प्रकाशित मिति: ०६:४७ बजे, बुधबार, माघ २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्