Kathmandu Press

एएफसी यु-२० महिला एसियन कप छनोट खेल खेल्न खेल्ने टोलीकाे बिदाइ

आइतबार एन्फा कम्प्लेक्स सातदोवाटोमा एन्फा अध्यक्ष पंकज बिक्रम नेम्वाङ लगाएतले नेपाली महिला टोलीलाई बिदाइ गरेका हुन्।
एएफसी यु-२० महिला एसियन कप छनोट खेल खेल्न खेल्ने टोलीकाे बिदाइ

काठमाडाैं, जेठ २१ : अखिल नेपाल फुटबल संघ (एन्फा) ले  एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरण खेल्ने नेपाली महिला टोलीलाई बिदाइ गरेको छ।

आइतबार एन्फा कम्प्लेक्स सातदोवाटोमा एन्फा अध्यक्ष पंकज बिक्रम नेम्वाङ लगाएतले नेपाली महिला टोलीलाई बिदाइ गरेका हुन्।

म्यानमारमा आयोजना हुने छनोटका लागि मुख्य प्रशिक्षक याम गुरुङले २३ सदस्सीय टोलीको घोषणा गरिसकेका छन्। छनोटको दोस्रो चरणमा नेपाल समूह 'बी'मा रहेको छ।

नेपालको समूहमा चीन, म्यानमार र चाइनिज ताइपे रहेका छन्। दोस्रो चरणको छनोट जुन ३ देखि ११ सम्म हुनेछ।

जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप खेल्नेछ। उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म हुने तय भएको छ। 

प्रकाशित मिति: १३:४३ बजे, आइतबार, जेठ २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्