Kathmandu Press

गोरखामा नेपाली सेनाकाे वृहत् स्वास्थ्य शिविर, ८५३ जना लाभान्वित

विपन्न वर्गलाई लक्षित गरी संचालन गरिएको शिविरमा हाड जोर्नी, स्त्री रोग, चर्म रोग, नाक,कान,घाटी, आँखा, जनरल ओपिडि.सम्बन्धी विभिन्न सेवाहरू प्रदान गरिएकाे थियाे। शिविरमा नेपाली सेना तथा गैह्र सैनिक ११ जना विशेषज्ञ चिकिसकहरूले सेवा प्रदान गरेका थिए।
गोरखामा नेपाली सेनाकाे वृहत् स्वास्थ्य शिविर, ८५३ जना लाभान्वित

गाेरखा, जेठ २१ : गोरखाको भच्चेकस्थित नेपाली सेना (रिपुमर्दन गण) र अजिरकोट गाउँपालिकाको संयुक्त आयोजनामा वृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।जेठ १९ र २० गते सम्पन्न वृहत् निःशुल्क स्वास्थ्य शिविरमा  ४८१ जना महिला र ३७२ जना पुरुष गरी कुल जम्मा ८५३ जना लाभान्वित भएको रिपुमर्दन गणका गणपति प्रमुख सेनानी हेमराज बिष्टले जानकारी दिए ।

अजिरकोट गाउँपालिका तथा आसपासका ईलाकाहरुमा बसोबास गर्ने विपन्न वर्गलाई लक्षित गरी संचालन गरिएको शिविरमा हाड जोर्नी, स्त्री रोग, चर्म रोग, नाक,कान,घाटी, आँखा, जनरल ओपिडि.सम्बन्धी विभिन्न सेवाहरू प्रदान गरिएकाे थियाे। शिविरमा नेपाली सेना तथा गैह्र सैनिक ११ जना विशेषज्ञ चिकिसकहरूले सेवा प्रदान गरेका थिए। 

Hardik ivf

शिविरमा सैनिक अस्पताल पोखरा, नं. ३ फिए गुल्म खैरेनीटार, जिल्ला अस्पताल गोरखा, जिल्ला जनस्वास्थ्य कार्यालय गोरखा, गोरखा नगरपालिका, अजिरकोट गाँउपालिका, भच्चेक आधारभुत अस्पताल साथै सर्जिसाइन इन्टरप्राइज प्रा.लि. काठमाडाैंलगायतले निःशुल्क औषधी उपलब्ध गराएका थिए।

sss1685863012.jpg

पश्चिम पृतना हेडक्वार्टर पोखराको वार्षिक योजना अनुरुप नं. ३ बाहिनी अड्डाको संयोजकत्वमा शिविर संचालन भएको थियो। शिविरका क्रममा विभिन्न विद्यालयका करिब २५०जना विद्यार्थीलाई नेपाली सेना सम्बन्धी विविध जानकारी र चेतनामुलक कार्यक्रमहरु संचालन गर्नुको साथै, शिविर संचालन स्थलमा विभिन्न प्रजातीका करिब ३ सय विरुवा पनि राेपिएकाे थियाे।

कार्यक्रममा नं. ३ बाहिनीका बाहिनीपति सहायक रथी गौरवकुमार केसीले गाँउपालिकाको अनुरोधमा स्थानिय जनताको आवतजावतलाई सहज तुल्याउन भच्चेकबाट काँफलडाँडा हुँदै लमजुङ जोड्ने बाटोको स्तरोन्नती र चौडा पार्नको लागि नेपाली सेनाको नाममा रहेको करिब ५ आना २ पैसा जग्गा उपलब्ध गराइएको जानकारी समेत गराए।

समापनमा शिविरमा खट्टिने विभिन्न व्यक्ति, संघ,संस्था र सहयोगी निकायलाई अजिरकोट गाँउपालिकाका अध्यक्ष दिपक देवकोटा र बाहिनीपति केसीले प्रशंसा पत्र प्रदान गरेका थिए ।

 

प्रकाशित मिति: १२:५२ बजे, आइतबार, जेठ २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्