Kathmandu Press

नेपाली महिला टिमले जित्यो मलेसियाविरूद्धकाे सिरिज

मलेसियामा भएको ५ खेलको टि–२० सिरिजको अन्तिम खेलमा घरेलु टोलीलाई ३ विकेटले हराउँदै नेपालले सिरिज ३–२ले जितेको हो।
नेपाली महिला टिमले जित्यो मलेसियाविरूद्धकाे सिरिज

काठमाडाैं, जेड २१ : नेपाली महिला क्रिकेट टिमले विदेशी भूमीमा पहिलो अन्तर्राष्ट्रिय सिरिज जितेको छ। मलेसियामा भएको ५ खेलको टि–२० सिरिजको अन्तिम खेलमा घरेलु टोलीलाई ३ विकेटले हराउँदै नेपालले सिरिज ३–२ले जितेको हो।

सिरिजको पहिलो खेलेमा ५ विकेटले गुमाएको नेपालले त्यसपछि २ खेल लगातार जितेको थियो । दोस्रो खेल नेपालले ७ विकेट र तेस्रो खेल २७ रनले जितेको थियो। यस्तै, चोथो खेल मलेसियाले ४ विकेटले जितेपछि सिरिज २–२को बराबरीमा आएको थियो।

आइतबार मलेसियाले दिएको ११० रनेका लक्ष्य नेपालले १९.२ ओभरमा ७ विकेटको क्षतिम भेट्टायो। नेपालका लागि सीता रानामगरले ३७ बलमा सर्वाधिक ३४ रन बनाइन्।

यस्तै कप्तान रुविना क्षेत्रीले ३० बलमा २३ रनको येगदान दिइन् भने ज्योति पाण्डे १६ बलमा ११ र अप्सरी बेगम १३ बलमा १५ रन बनाएर नटआउट रहे। मलेसियाका लागि आइन्ना हमिजाले २ विकेट लिइन्।

त्यसअघि पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा १०९ रन बनायो । उसलका लागि ओपनर वान जुलियाले सर्वाधिक ४७ रन बनाइन् ।

यस्तै, विनफ्रेड दुराइसिंगमले २४ र माहिरा इजातीले २० रनको योगदान दिए । वान जुलिया र विनफ्रेड दुराइसिंगमले ३८ रनको साझेदारी गरेका थिए। यस्तै वान जुलिया र माहिरा इजातीले तेस्रो विकेटका लागि ६० रनको साझेदारी गरेका थिए।

नेपालका लागि कविता जोशीले ४ ओभरमा १२ रन मात्र खर्चिएर २ विकेट लिइन् भने ईश्वरीले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिइन् ।

 

प्रकाशित मिति: ११:५३ बजे, आइतबार, जेठ २१, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्