Kathmandu Press

सातदोबाटोसँग आर्मी पराजित, थ्री स्टार र एपिएफ बराबरी

शनिबार च्यासल मैदानमा भएको खेलमा सातदोबाटोले आर्मीलाई २–१ गोल अन्तरले पराजित गरेको हो।
सातदोबाटोसँग आर्मी पराजित, थ्री स्टार र एपिएफ बराबरी

काठमाडाैं, जेठ २० : राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ।

शनिबार च्यासल मैदानमा भएको खेलमा सातदोबाटोले आर्मीलाई २–१ गोल अन्तरले पराजित गरेको हो। खेलको दोस्रो मिनेटमा शिव सुवेदीले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए। तर, खेलको २९ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई १–१ गोलको बराबरीमा ल्याएका थिए।

Hardik ivf

त्यसपछि खेलको ६३ औं मिनेटमा दिपेन्कले पेनाल्टी मार्फत गोल गर्दै सातदोबाटोलाई २–१ को जित दिलाए। जितसँगै सातदोबाटोले २४ खेलमा ३२ अंक जोडेको छ। समान खेल खेलेको आमीको ३० अंक रहेको छ।

त्यस्तै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा थ्री स्टार र एपीएफ क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका छन्।  थ्री स्टारका लागि सुनिल तामाङ र एपीएफका मणि कुमार लामाले एक एक गोल गरे।

खेलको २३ औं मिनेटमा मणिले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए। तर, खेलको ८६ औं मिनेटमा सब्सिच्युड खेलाडी सुनिलले गोल गर्दै थ्री स्टारलाई १–१ गोलको बराबरीमा ल्याएका थिए। यस बराबरीसँगै थ्री स्टारले २४ खेलमा २८ अंक जोडेको छ  । एपीएफले पनि २४ खेलमा ३० अंक जोडेको छ।

 

प्रकाशित मिति: १७:५५ बजे, शनिबार, जेठ २०, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्